इन्द्रजात्रामा गुडाइने रथमा जीपीएस जडान गरिने

<p>काठमाडौं । काठमाडौं महानगरपालिकाले इन्द्रजात्रामा गुडाइने रथमा जीपीएस जडान गर्ने भएको छ । बिहीबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा महानगरपालिकाले श्री कुमारी, श्री गणेश र श्री भैरवको रथ, लाखे आजु, पुलुकिसी र सव भकु देव नाचका क्रममा जीपीएस जडान गरिने बताएको हो । जीपीएस जडान गरिएपछि रथ कुन ठाउँमा पुग्यो, लाखे, पुलुकिसी र सवभकुको नाच कुन [&hellip;]</p>

फाइल तस्बिर

काठमाडौं । काठमाडौं महानगरपालिकाले इन्द्रजात्रामा गुडाइने रथमा जीपीएस जडान गर्ने भएको छ ।

बिहीबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा महानगरपालिकाले श्री कुमारी, श्री गणेश र श्री भैरवको रथ, लाखे आजु, पुलुकिसी र सव भकु देव नाचका क्रममा जीपीएस जडान गरिने बताएको हो ।

जीपीएस जडान गरिएपछि रथ कुन ठाउँमा पुग्यो, लाखे, पुलुकिसी र सवभकुको नाच कुन ठाउँमा भइरहेको भन्ने सूचना प्राप्त हुने महानगरले जनाएको छ ।

महानगरका अनुसार यसबाट रथयात्रा तथा नाच अवलोकन गर्ने श्रद्धालुहरूलाई सहभागी हुन र स्थानीयहरूलाई पूजाको तयारी व्यवस्थापन गर्न समेत सहज हुनेछ ।

अघिल्लो वर्ष पनि महानगरले रथमा गल्लीमा म्यापकाे प्रयोग गरेको थियो । सो गल्लीमा म्याप प्रयोगलाई सुधार गरिने महानगरका प्रवक्ता नवीन मानन्धरले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । असोज १ गते इन्द्रजात्रा मनाइँदैछ ।

Share News