अख्तियार आयुक्त अमात्यको घरमा महानगरले चलायो डोजर

<p>काठमाडौं । ललितपुर महानगरपालिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा.सुमित्रा अमात्यको घरको पर्खाल डोजर लगाएर भत्काएको छ। मन्दिरको जग्गा मिचेको भन्दै ललितपुर महानगरपालिका–१० चाकुपाटस्थित डा. अमात्यको घरको कम्पाउण्ड पर्खाल डोजर लगाएर भत्काइएको हो । स्थानीय बासिन्दाले मन्दिरको जग्गा मिचेको भन्दै ललितपुर महानगरपालिकामा उजुरी दिएका थिए । बुधबार दिउँसो महानगरपालिकाको टोली डोजर लिएर अमात्यको घर पुगेके [&hellip;]</p>

काठमाडौं । ललितपुर महानगरपालिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा.सुमित्रा अमात्यको घरको पर्खाल डोजर लगाएर भत्काएको छ।

मन्दिरको जग्गा मिचेको भन्दै ललितपुर महानगरपालिका–१० चाकुपाटस्थित डा. अमात्यको घरको कम्पाउण्ड पर्खाल डोजर लगाएर भत्काइएको हो ।

स्थानीय बासिन्दाले मन्दिरको जग्गा मिचेको भन्दै ललितपुर महानगरपालिकामा उजुरी दिएका थिए ।

बुधबार दिउँसो महानगरपालिकाको टोली डोजर लिएर अमात्यको घर पुगेके थियो । १५ आना ३ पैसा जग्गासहितको घर २०७८ असोज १ गते अरुबाट खरिद गरेको जनाइएको छ ।

स्थानीय सम्पदा संरक्षण अभियन्ता र गुठियारले जग्गा मिचेको उजुरी दिएपछि सम्बन्धित घरधनीलाई भत्काउन आग्रह गर्दा पनि नमानेपछि डोजर लगाएको महानगरले जनाएको छ ।

Share News