८ महिनामा जीवन बीमा शुल्क १ खर्ब, ३ कम्पनीबीच कडा प्रतिस्पर्धा

<p>काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को ८ महिनामा जीवन बीमा कम्पनीहरूले झण्डै १ खर्ब रुपैयाँ बराबरको व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार फागुन मसान्तसम्म जीवन बीमा कम्पनीहरूले ९८ अर्ब ५९ करोड ६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् । प्राधिकरणका अनुसार यस अवधिमा तीन वटा लघुबीमासहित १७ [&hellip;]</p>

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को ८ महिनामा जीवन बीमा कम्पनीहरूले झण्डै १ खर्ब रुपैयाँ बराबरको व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार फागुन मसान्तसम्म जीवन बीमा कम्पनीहरूले ९८ अर्ब ५९ करोड ६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।

प्राधिकरणका अनुसार यस अवधिमा तीन वटा लघुबीमासहित १७ वटा जीवन बीमा कम्पनीहरूले १ करोड ३८ लाख ७ हजार २४९ वटा बीमा लेख सक्रिय रहेका छन् । समिक्षा अवधिमा नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै व्यवसाय गरेको छ । यस कम्पनीले १२ लाख ९३ हजार २६० वटा बीमालेख बिक्री गरेवापत २६ अर्ब ३० करोड रुपैयाँ कुल बीमा शुलक आर्जन गरेको छ ।

यस्तै,समीक्षा अवधिमा लाइफ इन्स्योरेन्स कर्पोरेशन, नेशनल लाइफ र हिमालयन लाइफबीच कडा प्रतिस्पर्धा रहेको देखिन्छ ।

लाइफ इन्स्योरेन्स कर्पाेरेशन (एलआईसी) नेपालले ६ लाख ८६ हजार ३९७ वटा बीमा लेख बिक्री गरेर ११ अर्ब ५७ करोड ७९ लाख रुपैयाँ, नेशनल लाइफले १५ लाख ९५ हजार ४५२ वटा बीमा लेख बिक्री गरेर ११ अर्ब ५३ करोड १८ हजार रुपैयाँ, हिमालयन लाइफले ३ लाख ८८ हजार ८८७ वटा बीमा पोलिसी बिक्री गरेर ११ अर्ब १८ करोड २ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

यस्तै, सूर्यज्योति लाइफले ९ लाख ५८ हजार ६८४ वटा बीमा लेख बिक्रीवापत ५ अर्ब ७० करोड ८२ लाख रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले ५ लाख ७० हजार ३१८ वटा बीमालेख बिक्री गरेर ५ अर्ब २३ करोड ७ लाख रुपैयाँ संकलन गरेका छन् ।

एशियन लाइफले ६ लाख ४६ हजार ५८० बीमालेख बिक्री गरेर ५ अर्ब १५ करोड ८७ लाख रुपैयाँ, सानीमा रिलायन्स लाइफले ८ लाख ९१ हजार ६३३ बीमालेख वापत ३ अर्ब ८० करोड ३७ लाख रुपैयाँ, सिटिजन लाइफले १२ लाख २७ हजार ८०३ बीमालेख बिक्रीवापत ३ अर्ब ७२ करोड ८३ लाख रुपैयाँ, मेट लाइफले ८ लाख ५३ हजार ४४६ वटा बीमालेख बिक्री गरेर ३ अर्ब ६३ करोड ३७ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका छन् ।

आइएमई लाइफले ४ लाख ४९ हजार ६७१ वटा बीमालेख बिक्री गरेर २ अर्ब ८२ करोड ६५ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले १ लाख ६७ हजार ९६१ वटा बीमालेख बिक्री गरेवापत २ अर्ब ७१ करोड ८३ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ३१ लाख ८७ हजार १०८ वटा बीमालेख बिक्र गरेर २ अर्ब ६३ करोड २१ लाख रुपैयाँ र सन नेपाल लाइफले ८ लाख ६२ हजार ८०२ बीमालेख बिक्रीवापत २ अर्ब ४७ करोड १० लाख रुपैयाँ कुल बीमा शूल्क आर्जन गरेका छन् ।

साथै, तीन वटा लघुबीमा कम्पनीले २७ हजार २४७ वटा बीमालेख बिक्री गरेवापत ५ करोड ५९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । जसमध्ये गार्डियन माइक्रोले ९ हजार ४१२ वटा बीमालेख बिक्री गरेर १ कोड ५९ लाख रुपैयाँ, क्रेष्ट माइक्रोले १६ हजार ४८ वटा बीमालेखवापत ३ करोड ६१ लाख रुपैयाँ र लिवर्टी माइक्रोले १ हजार ७८७ बीमालेख बिक्री गरेर ६९ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका हुन् ।

Share News