मदिरा पिउन सोखिन नेपाली, दश वर्षमा भित्रियो साढे २८ अर्ब रुपैयाँको मदिरा

<p>काठमाडौं । नेपालमा वर्षेनी रुपमा अर्बौं रुपैयाँ बराबरको मदिरा आयात हुने गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष ०७६/७७ देखि हालसम्म अर्थात् पछिल्लो पाँच वर्षमा नेपालमा २८ अर्ब ५९ करोड २४ लाख ६ हजार ६५८ रुपैयाँ बराबरको मदिरा र मदिरा बनाउनका लागि प्रयोग हुने कच्चापदार्थ नेपालमा आयात भएको छ । चालु आर्थिक वर्ष(आव) को [&hellip;]</p>

काठमाडौं । नेपालमा वर्षेनी रुपमा अर्बौं रुपैयाँ बराबरको मदिरा आयात हुने गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष ०७६/७७ देखि हालसम्म अर्थात् पछिल्लो पाँच वर्षमा नेपालमा २८ अर्ब ५९ करोड २४ लाख ६ हजार ६५८ रुपैयाँ बराबरको मदिरा र मदिरा बनाउनका लागि प्रयोग हुने कच्चापदार्थ नेपालमा आयात भएको छ ।

चालु आर्थिक वर्ष(आव) को ८ महिनामा भने २ अर्ब ५८ करोड ११ लाख ८० हजार रुपैयाँ बराबरको मदिरा र मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ नेपालमा भित्रिएको विभागको तथ्यांकले देखाएको छ ।

त्यस्तै, गत आवमा २ अर्ब ९८ करोड ९३ लाख २९ हजार रुपैयाँ, आव ०७८/७९ मा ३ अर्ब ७१ करोड १५ लाख १७ हजार रुपैयाँ, आव ०७७/७८ मा २ अर्ब ६५ करोड ७ लाख १० हजार रुपैयाँ र आव ०७६/७७ मा ३ अर्ब ३ करोड ३७ लाख ८६ हजार रुपैयाँ बराबरको मदिरा र मदिरा बनाउने कच्चा पदार्थ आयात भएको थियो ।

आव ०७५/७६ मा ३ अर्ब ५४ करोड ८२ लाख ८६ हजार १४० रुपैयाँ, आव ०७४/७५ मा ३ अर्ब ३ करोड ३८ लाख ३२ हजार २३० रुपैयाँ, आव ०७३/७४ मा ३ अर्ब १२ करोड ३२ लाख ८० हजार २८८, आव ०७२/७३ मा २ अर्ब २० करोड १४ लाख ९३ हजार रुपैयाँ बराबर र आव ०७१/७२ मा १ अर्ब ७१ करोड ८९ लाख ९३ हजार रुपैयाँ बराबरको मदिरा र मदिरा बनाउने सामग्री आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

१० वर्षको मदिरा आयातको तथ्यांक हेर्दा आर्थिक वर्ष ०७१/७२ मा बाहेक अन्य आर्थिक वर्षमा मदिरा र मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थको आयातमा वार्षिक २ अर्ब रुपैयाँ भन्दा खर्च हुँदै आएको देखिन्छ । त्यस्तै, सरकारले मदिरा र मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थको आयातबाट आयातमा भएको भन्दा दोब्बर रुपैयाँ भन्सार महसुल बापत आम्दानी गर्दै आएको छ ।

तथ्यांकअनुसार नेपालमा चीन, भारत, फिलिपिन्स, सिंगापुर, मेक्सिको, फ्रान्स, बेल्जियम, जर्मनी, आयरल्यान्ड, बेलायत, इटाली, नेदरल्यान्ड्स, स्विट्जरल्यान्ड, अस्ट्रेलिया, जापान, दक्षिण अफ्रिका, अर्जेन्टिना, चिली, अमेरिका, पोर्चुगल, स्पेन, बुल्गेरिया, न्युजिल्यान्डलगायत मुलुकबाट मदिरा आयात हुने गरेको छ । यस्तै, रोमाानिया, श्रीलंका, इरान, रसिया, मेक्सिको, पोल्यान्ड, सिंगापुर, यूएई, स्वीडेन, ब्राजिल, कोरिया, डेनमार्क, फिलिपिन्स, चेक रिपब्लिक, थाइल्यान्ड, इक्वेडर, भ्याटिकन सिटी, रोमानिया, युक्रेन, क्यानडा, क्युवा, आइसल्यान्ड र टर्कीबाट पनि मदिरा र मदिार बनाउने कच्चापदार्थ आयात हुने गरेको छ ।

Share News