नागरिक पेन्सन योजनाको सम्पूर्ण भुक्तानी अब इसेवाबाटै

<p>काठमाडौं । भुक्तानी प्रदायक संस्था इसेवा र नागरिक लगानी कोषबीच सेवा विस्तारबारे सोमबार एक सम्झौता भएको छ । उक्त सम्झौता अनुसार नागरिक लगानी कोषका सेवाग्राहीले इसेवा एप प्रयोग गरेर नागरिक पेन्सन योजनाको मासिक भुक्तानी तथा सबै कर्जाको भुक्तानी सजिलै गर्न सक्नेछन् । सो सम्झौतामा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जगदीश खड्का तथा नागरिक लगानी कोषका [&hellip;]</p>

काठमाडौं । भुक्तानी प्रदायक संस्था इसेवा र नागरिक लगानी कोषबीच सेवा विस्तारबारे सोमबार एक सम्झौता भएको छ । उक्त सम्झौता अनुसार नागरिक लगानी कोषका सेवाग्राहीले इसेवा एप प्रयोग गरेर नागरिक पेन्सन योजनाको मासिक भुक्तानी तथा सबै कर्जाको भुक्तानी सजिलै गर्न सक्नेछन् ।

सो सम्झौतामा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जगदीश खड्का तथा नागरिक लगानी कोषका तर्फबाट निर्देशक सी ए शोभा श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

हाल ८० लाख प्रयोगकर्ताको संजाल रहेको इसेवा र नागरिक लगानी कोषको यो सहकार्यले नेपाल सरकारको डिजिटल नेपालको अवधारणालाई टेवा दिँदै विद्युतीय भुक्तानीलाई अभिप्रेरित गर्ने विश्वास लिइएको छ ।

हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइल मार्फत ८० लाख बढि ग्राहकले सेवा लिइरहेका छन् । यसैगरी देशभरका २ लाख १५ हजारभन्दा बढी एजेन्ट (इसेवा जोन तथा पोइन्ट) मार्फत अप्रत्यक्ष रुपमा करिब डेढ करोड जनसंख्याले सेवा लिइरहेका छन् ।

इसेवाबाट इन्सयोरेन्स्को प्रिमियम भुक्तानी मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, लोक सेवा आयोग को आवेदन दस्तुर , आन्तरिक राजश्व कार्यालयको राजश्व, स्कुल कलेजको शुल्क भुक्तानी गर्न सकिन्छ ।

Share News