काठमाडौं । सन् २०२३ मा सेल्स र मार्केटिङ्गमा उत्कृष्ट गर्ने ११ संस्था र १० व्यक्ति सम्मानित भएका छन् । ग्रोथ सेलर्स प्रा.लि. को भगिनी संस्था ग्रोथ लिडरशीप एकेडेमीले सेल्स समिट २०२३ अन्तर्गत सेल्स र मार्केटिङ्गमा उत्कृष्ट गरेका ११ संस्था र १० व्यक्तिलाई शुक्रबार सम्मान गरेको हो ।
जसमध्ये संस्थातर्फबाट ११ जना सम्मानित भएका छन् । जसमा बैंकिङ क्षेत्रबाट नबिल बैंक, इन्स्योरेन्सबाट एनएलजी इन्स्योरेन्स कम्पनी, आईटी अर्थात प्रविधिको क्षेत्रबाट फ्युजमेसिन नेपाल, इन्टरनेट सेवा प्रदायकको तर्फबाट वर्ल्ड लिंक कम्युनिकेसन, एफएमसीजी म्यानुफ्याक्चरिङ क्षेत्रको सीजी फुड्स् (नेपाल), औद्योगिक उत्पादन क्षेत्रको शिवम् सिमेन्टस्, मल्टीनेशन कम्पनीमा यूनिलिभर नेपाल, फार्मास्युटिकल्सको तर्फबाट नेपाल फार्मास्युटिकल ल्याब्रोटोरी, कन्स्ट्रक्सनको तर्फबाट सीई कन्स्ट्रक्सन, होटल क्षेत्रबाट सोल्टी होटल काठमाडौं र एनसेल सम्मानित भएका छन् । एनसेल संस्थागत मार्केटिङ एक्सिलेन्स अवार्डबाट सम्मानित भएको हो भने अन्य कम्पनीहरु अर्गनाइजेशनल सेल्स एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित भएका हुन् ।
त्यस्तै, व्यक्तितर्फबाट १० जना सम्मानित भएका छन् । जसमा यसोदा फुड्सको रमेश विष्ट, सिवम् सिमेन्टका निखिर अग्रवाल, सूर्य नेपालका बाल कृष्ण गुरुङ, सिद्धार्थ बैंकका रामेश्वर प्रसाद बस्याल, शिखर इन्स्योरेन्सका पुस्कर महत, नेपाल क्लियरिङ हाउसका विवेक गिरी, डिशहोमका रमेश सापकोटा, नेशनल हेल्थ केयरका अजय पाण्डे, सोल्टी होटलका हरिस भट्ट र डावर नेपालका अभय गोर्खाली सम्मानित भएका छन् । डावर नेपालका गोर्खाली व्यक्तिगत मार्केटिङ एक्सिलेन्स अवार्डबाट सम्मानित भएका हुन् भने बाँकी व्यक्तिगत सेल्ट एक्सिलेन्स अवार्डबाट सम्मानित भएका हुन् ।