बंगलादेशसँग विद्युत व्यापारको सम्झौता यसै वर्षभित्र हुने

<p>चितवन । सरकारले बंगलादेशसँग विद्युत व्यापार सम्झौताको तयारी गरेको छ । विद्युत व्यापार सम्झौताको तयारी गरेको सरकारले चालू आर्थिक वर्षभित्रै औपचारिक रुपमा घोषणा गर्ने जनाएको छ । मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले बंगलादेशसँग विद्युत् व्यापार सम्झौताको तयारी भएको भन्दै छिट्टै घोषणा हुने बताए । ‘औपचारिकता दिनुपर्ने केही काम बाँकी छन्, त्यो पनि अन्तिम [&hellip;]</p>

फाइल फाेटाे

चितवन । सरकारले बंगलादेशसँग विद्युत व्यापार सम्झौताको तयारी गरेको छ । विद्युत व्यापार सम्झौताको तयारी गरेको सरकारले चालू आर्थिक वर्षभित्रै औपचारिक रुपमा घोषणा गर्ने जनाएको छ ।

मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले बंगलादेशसँग विद्युत् व्यापार सम्झौताको तयारी भएको भन्दै छिट्टै घोषणा हुने बताए ।

‘औपचारिकता दिनुपर्ने केही काम बाँकी छन्, त्यो पनि अन्तिम चरणमा आइपुगेको छ, सम्झौतापछि कार्यान्वयनमा जान्छ’, उनले भने ।
उनले सुख्खा र वर्षा दुवै समयमा नेपाल विद्युत्मा आत्मनिर्भर हुन लागेको समेत दाबी गरे । ‘हामी पूर्णरुपमा आत्मनिर्भर बन्दैछौँ, यससँगै सबै समस्याको समाधान हुन्छ’, उनले भने ।

वर्षामा विद्युत बढी उत्पादन हुने र सुख्खायाममा अपुग हुने स्थितिको छिट्टै समाधान हुने भन्दै उनले उत्पादन वृद्धि गरेर वितरण प्रणालीलाई व्यवस्थित गर्ने काम भैरहेको बताए ।

५० प्रतिशत क्षेत्रमा मात्रै भएको विद्युतीकरणलाई बढाएर ९८ प्रतिशत क्षेत्रमा पु¥याएको भन्दै उनले हाल देखिएका समस्या छिट्टै समाधान हुने दाबी समेत गरे ।

‘अबको सुख्खा सिजनमा अहिले देखिएका समस्या समाधान भएर जान्छन, सरकारले एकीकृत योजनाका साथ ऊर्जा क्षेत्रको उत्पादन, प्रसारण र वितरण प्रणालीलाई व्यवस्थित गर्ने काम गरिरहेको छ’, उनले भने ।

उनले सर्वसुलभ रुपमा विद्युत व्यापार गर्ने विषयलाई समेत जोडेर एकीकृत योजनाका साथ सरकार अघि बढेको बताए ।

Share News