काठमाडौं । दोल्ती पावर कम्पनीको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको आईपीओ बिहीबार बाँडफाँट गरिएको एनआईसी एशिया क्यापिटलले जनाएको छ ।
कम्पनीका अनुसार १ लाख २७ हजार १८६ जना आवेदकले १० कित्ताका दरले आईपीओ प्राप्त गरेका छन् । आईपीओमा माग भन्दा बढी आवेदन परेको हँदा १० कित्ताका दरले गोलाप्रथा विधिबाट बाँडफाँट गरिएको हो । गोलाप्रथा विधिमार्फत बाँड्दा १ कित्ता बाँकी रहन्छ । त्यसैले एक जना आवेदकले ११ कित्ता सेयर प्राप्त गरेका छन् ।
कम्पनीको आईपीओमा १३ लाख ८३ हजार ७ सय २४ जनाको आवेदन दिएकोमा १२ लाख ६८ हजार ९४६ जना आवेदक मात्रै सदर भएका छन् ।
कम्पनीको आईपीओ बाँडफाँट सम्पन्न भइसकेकाले विभिन्न तरिकाबाट रिजल्ट हेर्न सकिन्छ । कम्पनीको आईपीओ बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलको वेवसाइट https://www.nicasiacapital.com/ipo-result, सिडिएस एण्ड क्लियरिङ्गको मेरो सेयरको वेवसाइट https://meroshare.cdsc.com.np/#/login, सिडिएससीले आईपीओको रिजल्ट हेर्न सञ्चालनमा ल्याएको वेवसाइट https://iporesult.cdsc.com.np/ र कम्पनीको आफ्नै वेवसाइटबाट पनि हेर्न सकिने जनाएको छ ।
कम्पनीले चैत्र २८ गतेदेखि वैशाख ३ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि १२ लाख ७१ हजार ८८१ कित्ता सेयर बिक्री गरेको थियो ।