नेपालमा लगानी गर्न डेनमार्क इच्छुक

<p>काठमाडौं, १८ असोज । नेपालका लागि डेनमार्कका कार्यवाहक राजदूत मदसेनले विदेशी लगानीकर्ता सम्मेलन गर्न नेपाल सरकारलाई सघाउन इच्छुक रहेको बताए । साथै नेपालमा लगानी गर्न डेनिश लगानीकर्ताहरु पनि ईच्छुक रहेको उनले बताए । तर नेपालमा सरकार र नीजि क्षेत्रबीच समन्वयको अभाव रहेको उनले बताए । मंगलबार नेपालको लागि डेनमार्कका कार्यवाहक राजदूत इनग्रिड दाल–मदसेनसँगको भेटमा मन्त्री जोशीले [&hellip;]</p>

काठमाडौं, १८ असोज । नेपालका लागि डेनमार्कका कार्यवाहक राजदूत मदसेनले विदेशी लगानीकर्ता सम्मेलन गर्न नेपाल सरकारलाई सघाउन इच्छुक रहेको बताए । साथै नेपालमा लगानी गर्न डेनिश लगानीकर्ताहरु पनि ईच्छुक रहेको उनले बताए । तर नेपालमा सरकार र नीजि क्षेत्रबीच समन्वयको अभाव रहेको उनले बताए ।

मंगलबार नेपालको लागि डेनमार्कका कार्यवाहक राजदूत इनग्रिड दाल–मदसेनसँगको भेटमा मन्त्री जोशीले मन्त्रालय सुधारका लागि सरकारले हालै विशेष आर्थिक क्षेत्र सम्वन्धि ऐन र औद्योगिक व्यवसाय ऐन व्यवस्थापिका संसदबाट पास गरि सकेको बताएका छन् ।

उद्योग मन्त्री नवीन्द्रराज जोशीले उद्योग मन्त्रालय अहिले नीतिगत सुधारमा सकृय रहेको बताएका छन् । औद्योगिक वातावरण तयार गरी नेपालमा स्वदेशी तथा विदेशी लगानी भित्र्याउने उद्धेश्येले मन्त्रालय सुधारमा रहेको उनले बताए ।

ऐनको प्रभावकारी कार्यान्वयनका लागि मन्त्रालयले विनियमावली बनाउन कमिटी गठन गरेर प्रकृया अगाडि बढाई सकेको भन्दै उनले यसका अतिरिक्त कम्पनी ऐन समसामयिक सुधारका लागि मन्त्रिपरिषद्मा पेश गरेको जानकारी गराएका छन् ।उद्योग मन्त्री नवीन्द्रराज जोशीले परिणाम देखिने हिसावले काम गर्न निर्देशन दिएका छन् । नेपाल व्यवसाय मञ्चको बैठकलाई सम्बोधन गर्दै मन्त्री जोशीले यसका लागि कार्यतालिका बनाएर अघि बढ्न निर्देशन दिएका छन् ।

एक अर्को सरोकारवाला निकायहरुबीच समन्वयको अभाव देखिएको भन्दै मन्त्री जोशीले उद्योग मन्त्रालयको पहलमा बुधबार उद्योगसँग सरोकोर राख्ने पाँच वटा मन्त्रालयको बैठक बस्ने लागेको बताएका छन् । मन्त्री जोशीले निजी क्षेत्र र सरकार सँग सबै हिड्न सके मात्र आर्थिक समृद्धि सम्भव रहेको बताए । बैठकमा उद्योग मन्त्रालयका सचिव शंकर कोईरालाले नेपाल व्यवसाय मञ्चलाई बलियो बनाउने उद्धेश्यले उद्योग मन्त्रालयले बजेटको व्यवस्था गरिसकेको बताए ।

Share News