काठमाडौं । अशोक लेल्याण्डको नेपालका लागि आधिकारिक वितरक आईएमई मोटर्सले अशोक लेल्याण्डको भाइकिङ १२एम प्राइम बस नेपाली बजारमा ल्याएको छ ।
आइएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुराणिकले अझ धेरै सुविधा र अत्याधुनिक र उत्कृष्ट प्रविधिसहितको १२ मिटर भाइकिङ बस सञ्चालनमा ल्याउन पाउँदा खुशी भएकाे बताए । ‘लामो दुरीको यात्रा अब ग्राहकका लागि थप सहज र सुरक्षित र सञ्चालक र मालिकहरूका लागि बढी लाभदायक हुने कुरामा निश्चित छ,’ उनले भने ।
४४ सिट भएकाे यस बसमा टर्बोचार्जर र इन्टरकुलर सहितको ५,७६० सीसी एच सिरिज ६ सिलिन्डर डिजेल इन्जिन रहेकाे छ, जसले १८० एचपी पावर र ६७० एनएम टर्क जेनेरेट गर्दछ ।
यस बसमा मर्मत खर्च घटाउने इनलाइन इन्धन पम्प रहनुकाे साथै न्युमेटिक एक्च्युएसनसहितको १५ इन्चको क्लच र ओभरड्राइभसहितको श्ँट फर्वार्ड स्पीड सिन्क्रोमेश गियरबक्स रहेकाे छ । एबीएस र सेवा ब्रेक, पार्किङ ब्रेक र सहायक ब्रेक जस्ता अन्य विभिन्न प्रविधिहरूले बसलाई सजिलै रोक्न वा सञ्चालनमा ल्याउन भूमिका खेल्ने कम्पनी बताउँछ ।
साथसाथै यस बसमा ३५० लिटरको इन्धन ट्याङ्की र ६,२०० एमएम लामो ह्वीलबेस पनि रहेकाे छ ।