सेञ्चुरी कमर्सियल बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सम्झौता

<p>काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोष बीच सम्झौता भएको छ । बैंक र काेषबीच कृषि कर्जा कार्यक्रम अन्तर्गत लगानी गरेका कृषि कर्जाहरुको सुरक्षण सम्बन्धि सम्झाैता भएकाे हाे । यस सम्झौता अनुसार बैंकले कृषि कर्जा कार्यक्रम अन्तर्गत लगानी गरेका ३ करोडसम्मको कृषि कर्जाहरुको सुरक्षण, कोषको कर्जा सुरक्षण नियमावली, २०७५ अन्तर्गत हुनेछ । [&hellip;]</p>

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोष बीच सम्झौता भएको छ । बैंक र काेषबीच कृषि कर्जा कार्यक्रम अन्तर्गत लगानी गरेका कृषि कर्जाहरुको सुरक्षण सम्बन्धि सम्झाैता भएकाे हाे ।

यस सम्झौता अनुसार बैंकले कृषि कर्जा कार्यक्रम अन्तर्गत लगानी गरेका ३ करोडसम्मको कृषि कर्जाहरुको सुरक्षण, कोषको कर्जा सुरक्षण नियमावली, २०७५ अन्तर्गत हुनेछ । यस सम्झौता पश्चात कृषि कर्जा प्रवाहको जोखिम थप न्युनिकरण भई कर्जा प्रवाहमा वृद्धि हुने बैंकले अपेक्षा गरेको जनाएकाे छ ।

उक्त सम्झौतापत्रमा निक्षेप तथा कर्जा सुरक्षण कोषको तर्फवाट नायव प्रमुख कार्यकारी अधिकृत श्रीमती उषा पौडेल र बैंकको तर्फबाट उप–महाप्रवन्धक अनुपमा श्रेष्ठ मानन्धरले हस्ताक्षर गरेका छन् ।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले १४७ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

Share News