२० वर्षका विद्यार्थीले सेयर बजारबाट एक महिनामै कमाए पौने ९ अर्ब

<p>काठमाडौं । सेयर बजारबाट लगानीकर्ताले ठूलो नाफा गर्ने गर्छन् । सेयर बजारमा लगानीकर्ताले एक वर्षमा होइन एक महिना र एक दिनमा पनि करोडौं रुपैयाँ कमाउन सक्छन् । त्यसका लागि पैसा भएर मात्रै हुँदैन, लगानीर्तासँग प्राविधिक ज्ञानसँगै बजारको अनुभव र आरोह अवरोहका विषयमा राम्रो जानकारी हुन आवश्यक हुन्छ । नेपाल, भारतसँगै विश्व बजारमा पनि लगानीकर्ता करोडपति [&hellip;]</p>

काठमाडौं । सेयर बजारबाट लगानीकर्ताले ठूलो नाफा गर्ने गर्छन् । सेयर बजारमा लगानीकर्ताले एक वर्षमा होइन एक महिना र एक दिनमा पनि करोडौं रुपैयाँ कमाउन सक्छन् । त्यसका लागि पैसा भएर मात्रै हुँदैन, लगानीर्तासँग प्राविधिक ज्ञानसँगै बजारको अनुभव र आरोह अवरोहका विषयमा राम्रो जानकारी हुन आवश्यक हुन्छ ।

नेपाल, भारतसँगै विश्व बजारमा पनि लगानीकर्ता करोडपति बन्दै गएका छन् भने कतिपय नराम्रोसँग फसेका समाचारहरु पनि कहिलेकाहीँ बाहिरिन्छन् । आज हामी तपाईंलाई सेयर बजारमा २१५ करोड रुपैयाँ लगानी गर्ने विद्यार्थीको बारेमा बताउँदैछौं । ती विद्यार्थीले सेयर किनेर महिनापछि मात्र बेच्दा करिब ८७८ करोड रुपैयाँ कमाए अर्थात् ती विद्यार्थीले एक महिनामा ६६४ करोड रुपैयाँ कमाएका छन् ।

यो घटना अमेरिकाको हो । जेक फ्रीमैन नाम गरेका अमेरिकाका २० वर्षीय ती विद्यार्थीले एक महिनाको अवधिमा सो आम्दानी गरेका हुन् । उनी युनिभर्सिटी अफ साउथ क्यालिफोर्नियाका विद्यार्थी हुन् । यी विद्यार्थीले बेड बाथ एन्ड बियोन्ड कम्पनीको सेयर किनेका थिए, जसबाट उनले करोडौं आम्दानी गरेका हुन् ।

उनले ५० लाख कित्ता सेयर ४४० रुपैयाँमा किनेका थिए । एक महिनामै सो स्टकको मूल्य २१६० को स्तरमा पुगेपछि उनले सेयर बिक्री गरे । उनले आफ्नो परिवार र साथीभाइबाट ऋण लिएर सेयर बजारमा लगानी गरेको विभिनन सञ्चार माध्यममा बताएका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमको सहयोगमा

Share News