निफ्राले विद्युत प्राधिकरणको प्रतिस्पर्धी कम्पनी खोल्दै, नेपाल सरकारसहित भारत र बंगलादेश पनि शेयरधनी

<p>काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले उर्जामा लगानी बढाउन विद्युत व्यापार कम्पनी स्थापना गर्ने भएको छ । बैंकले सो कम्पनी स्थापनाका लागि उर्जा जलस्रोत तथा सिचाईं मन्त्रालयमा प्रस्ताव पेश गरेको छ । नेपाल सरकारले लिएको विद्युत विकास तथा उत्पादन योजनालाई पूर्णता दिने उद्धेश्यका साथ बैंकले विद्युत व्यापार कम्पनी खोल्न लागेको बताएको हो । बैंकले नेपालमा [&hellip;]</p>

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले उर्जामा लगानी बढाउन विद्युत व्यापार कम्पनी स्थापना गर्ने भएको छ । बैंकले सो कम्पनी स्थापनाका लागि उर्जा जलस्रोत तथा सिचाईं मन्त्रालयमा प्रस्ताव पेश गरेको छ । नेपाल सरकारले लिएको विद्युत विकास तथा उत्पादन योजनालाई पूर्णता दिने उद्धेश्यका साथ बैंकले विद्युत व्यापार कम्पनी खोल्न लागेको बताएको हो ।

बैंकले नेपालमा उत्पादित बिजुलीको माग बढाउन तथा व्यापारिकरणमा योगदान पुर्याउने योजनाका साथ विद्युत व्यापार कम्पनी खोल्न मन्त्रालयमा प्रस्ताव पेश गरेको बताएकाे हो । नेपालमा उत्पादित विद्युतको यथोचित माग बढाउन तथा व्यापारिकरणमा योगदान पुर्याउने उद्धेश्यले बृहत सहभागितामा विद्युत व्यापार कम्पनी स्थापना हुन लागेको बैंकको भनाई छ ।

बैंकको कुल लगानीको करिब ५० प्रतिशत लगानी विद्युत उत्पादनकाे क्षेत्रमा हुने र अन्य बैंक तथा वित्तीय संस्थाहरुको समेत करिब ५ खर्ब लगानी रहेको सो क्षेत्र अझै बढ्दै गएको अवस्थामा उत्पादित विद्युतको बजारिकरण नभएमा तथा नेपाल विद्युत प्राधिकरणले उत्पादित विद्युत किन्न नसक्ने अवस्था सिर्जना भएमा सम्पूर्ण बैंकिङ्ग क्षेत्र नै धराशायी हुन जाने भएकोले विद्युतको व्यापारिकण जरुरी रहेकोले साे कम्पनीकाे आवश्यकता आफुहरुले ठानेको बैंकको भनाई छ ।

अब यो कम्पनी स्थापना भएसँगै नेपाल विद्युत प्राधिकरणको कडा प्रतिस्पर्धीका रुपमा पनि अगाडि आउने छ । विद्युत व्यापार कम्पनीलाई वृहत बनाउन, प्राविधिक र व्यवसायिकता कायम गर्न तथा भविश्यमा आवश्यक ठूलो लगानी वा प्रत्याभुति सजिलै जुटाउन विभिन्न बैंक तथा वित्तीय संस्थाहरूलाई लगानीका लागि प्रस्ताव गर्ने पनि बैंकले जनाएको छ ।

बैंकले यो कम्पनीको स्थापनाले नेपाल विद्युत प्राधिकरणलाई भने कुनै असर नपर्ने जनाएको छ । निजी क्षेत्रको विद्युत व्यापार कम्पनी आउँदा ठूला अन्तरदेशिय प्रशारण लाइनको निर्माणमा समेत निजी क्षेत्र आकर्षित हुने र राज्यलाई अझ सहज हुने विश्वास बैंककाे छ ।

बैंकले पठाएको प्रस्ताव अनुसार सो कम्पनीमा नेपाल सरकार, बंगलादेश र भारत पनि शेयरधनीका रुपमा हुन सक्नेछन् । यससँगै विभिन्न बैंक तथा वित्तीय संस्था र सर्वसाधारणहरु पनि यस कम्पनीको शेयरधनीका रुपमा रहने उल्लेख गरिएकाे छ । बिजुलीको माग नबढ्ने स्थितिमा आफ्नो लगानी भएको आयोजनाबाट उत्पादित बिजुली खेर जान नदिन निफ्राले नयाँ कम्पनी खोल्न प्रस्ताव अगाडि बढाएकाे हाे ।

Share News