शिवम् सिमेन्टसले घोषणा गर्याे हालसम्मकै उच्च लाभांश

<p>काठमाडौं । शिवम् सिमेन्टसले हालसम्मकै उच्च नगद लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको २४.२१ प्रतिशत अर्थात एक अर्ब ६ करोड ५२ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे । असोज २८ गते बुधबार बसेको संस्थाको सञ्चालक समितिको बैठकले सेयरधनीलाई साे मात्राकाे नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । [&hellip;]</p>

काठमाडौं । शिवम् सिमेन्टसले हालसम्मकै उच्च नगद लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको २४.२१ प्रतिशत अर्थात एक अर्ब ६ करोड ५२ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।

असोज २८ गते बुधबार बसेको संस्थाको सञ्चालक समितिको बैठकले सेयरधनीलाई साे मात्राकाे नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित नगद लाभांश संस्थाले हालसम्म वितरण गरेको भन्दा सबैभन्दा बढी हो । कम्पनीले आर्थिक वर्ष २०७५/७६ र आर्थिक वर्ष २०७४/७५को नाफाबाट बराबर अर्थात १५.७८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

प्रस्तावित नगद लाभांश संस्थाकाे आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीले साे मात्राकाे नगद लाभांश पाउने छन् ।

Share News