पाैने ९ लाख बढीले भरे सानिमा जनरल इन्स्योरेन्सकाे आईपीओ

<p>काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले निष्काशन गरेको आईपीओमा ८ लाख ८२ हजार ७ सय ३ जनाले आवेदन दिएका छन् । बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलका अनुसार आज(असाेज २५ गते) आवेदन दिने अन्तिम दिन साँझ ५ बजेसम्ममा ८२ हजार ७ सय ३ जनाले एक करोड ८९ लाख ७५ हजार ६० कित्ता सेयरको लागि आवेदन दिएका छन् [&hellip;]</p>

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले निष्काशन गरेको आईपीओमा ८ लाख ८२ हजार ७ सय ३ जनाले आवेदन दिएका छन् ।

बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलका अनुसार आज(असाेज २५ गते) आवेदन दिने अन्तिम दिन साँझ ५ बजेसम्ममा ८२ हजार ७ सय ३ जनाले एक करोड ८९ लाख ७५ हजार ६० कित्ता सेयरको लागि आवेदन दिएका छन् । जुन कम्पनीले माग गरेको भन्दा ६.९५ गुणा बढी हो ।

कम्पनीले  (असोज २१ गते) देखि प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरको ३० लाख कित्ता अर्थात ३० करोड रुपैयाँ बराबरको आईपीओ बिक्रीमा राखेको हो ।

कूल ३० लाख कित्ता साधारण सेयर मध्ये ५ प्रतिशत अर्थात एक लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ४ प्रतिशत अर्थात एक लाख २० हजार कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ । त्यसपछि बाँकी रहेको २७ लाख ३० हजार कित्ता सर्वसाधारणमा बिक्री गरेकाे हाे ।

यससँगै, लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था रहेकाे थियाे । ७० करोड रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी आईपीओ बाँडफाँडपछि एक अर्ब रुपैयाँ पुग्नेछ।

कम्पनीले असोज ५ गतेमात्र साे मात्राकाे सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

कम्पनीको लेखा परिक्षण हुन बाँकी रहेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष २०७६/२०७७ मा कम्पनीको प्रतिसेयर नेटवर्थ १०६.३५ रुपैयाँ र प्रतिसेयर आम्दानी २.६६ रुपैयाँ रहेको छ । जुन चालु आव २०७७/२०७८ मा बढाएर क्रमशः १०९.१ रुपैयाँ र ४.५४ रुपैयाँ पुर्याउने कम्पनीको प्रक्षेपण रहेको छ ।

Share News