एक सातादेखि बन्द भएको बीमा समिति खुल्यो

<p>काठमाडौ । आइतबारदेखि बीमा समिति खुलेको छ । समितिमा कार्यरत ६ जना कर्मचारीमा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएपछि विगत एक सातादेखि समिति बन्द रहेको थियो । बीमा समितिको कुपन्डोलमा रहेको मुख्य कार्यालय बन्द रहेपनि कर्मचारीले घरबाटै सेवा प्रवाह गर्दै आएका थिए । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार बीमा समितिका कर्मचारीमा कोरोना भाइस पोजेटिभ [&hellip;]</p>

काठमाडौ । आइतबारदेखि बीमा समिति खुलेको छ । समितिमा कार्यरत ६ जना कर्मचारीमा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएपछि विगत एक सातादेखि समिति बन्द रहेको थियो ।

बीमा समितिको कुपन्डोलमा रहेको मुख्य कार्यालय बन्द रहेपनि कर्मचारीले घरबाटै सेवा प्रवाह गर्दै आएका थिए ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार बीमा समितिका कर्मचारीमा कोरोना भाइस पोजेटिभ देखिएर कार्यालय बन्द गर्न बाध्यता आइलागको थियो । एक साता कार्यालय बन्द गरेर पूर्णरुपमा निसंक्रमण गरेपछि कार्यालय खुल्ला गरिएको हो ।

‘हामीले एक साता घरबाटै काम गर्यो, अहिले हामी कार्यालयमा आइसकेका छौं, सामाजिक दूरी कायम गरेर अब कार्यालयबाटै काम गर्छौं’, कार्यकारी निर्देशक पौडेलले विकासन्यूजसँग भने ।

Share News