रिलायबल नेपाल लाइफद्वारा घातक रोगबाट असक्तलाई बीमा दावी भुक्तानी

<p>काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले घातक रोगको कारणबाट असक्त भएका बीमित कमल बहादुर थापालाई बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले असोज २१ गते असक्त थापालाई दावी भुक्तानी गरेको हो । थापाले कम्पनीबाट जीवन बीमा गरेका थिए । कार्यक्रममा कम्पनीका बाग्लुङ्ग शाखाका प्रबन्धक प्रेम प्रसाद पौडेलले बीमितहरुलाई समयमा नै दावी भुक्तानी गर्नु कम्पनीको दायित्व भएको [&hellip;]</p>

काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले घातक रोगको कारणबाट असक्त भएका बीमित कमल बहादुर थापालाई बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले असोज २१ गते असक्त थापालाई दावी भुक्तानी गरेको हो ।

थापाले कम्पनीबाट जीवन बीमा गरेका थिए ।

कार्यक्रममा कम्पनीका बाग्लुङ्ग शाखाका प्रबन्धक प्रेम प्रसाद पौडेलले बीमितहरुलाई समयमा नै दावी भुक्तानी गर्नु कम्पनीको दायित्व भएको बताउँदै कम्पनीको नीति अनुरुप यथासिघ्र दावी भुक्तानी गरिएको बताए ।

Share News