२ लाख ७० हजारले पाए जनरल इन्स्योरेन्सको सेयर

<p>काठमाडौं । जनरल इन्स्यारेन्स कम्पनी नेपालले निष्काशन गरेको प्राथमिक सेयर(आईपीओ)को आज बाँडफाँड भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलको केन्द्रिय कार्यालयमा उक्त सेयर बाँडफाँड भएको हो । क्यापिटलका अनुसार २ लाख ७० हजार जना आवेदकले कम्पनीकाे १० कित्ताको दरले २७ लाख कित्ता सेयर हात पारेका छन् । बाँकी ५ लाख २४ [&hellip;]</p>


काठमाडौं । जनरल इन्स्यारेन्स कम्पनी नेपालले निष्काशन गरेको प्राथमिक सेयर(आईपीओ)को आज बाँडफाँड भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलको केन्द्रिय कार्यालयमा उक्त सेयर बाँडफाँड भएको हो ।

क्यापिटलका अनुसार २ लाख ७० हजार जना आवेदकले कम्पनीकाे १० कित्ताको दरले २७ लाख कित्ता सेयर हात पारेका छन् । बाँकी ५ लाख २४ हजार ५ सय ४६ जनाको हात खाली भएको छ ।

गत असोज ११ गतेदेखि असोज १४ गतेसम्म निष्काशन भएको कम्पनीको आईपीओमा ७ लाख ९६ हजार ७ सय ३४ जनाबाट आवेदन २ करोड १४ लाख कित्ता सेयरकाे लागि आवेदन परेको थियो । जुन आईपीओमा यति धेरै लगानीकर्ताको आवेदन परेको यो नै पहिलो पटक हो ।

जसमध्ये २ हजार १ सय ८८ जना आवेदकबाट परेको ४८ हजार ६ सय ४० कित्ता सेयरकाे लागि परेकाे आवेदन रितपूर्वक नभएकाे रद्द गरिएकाे र बाँकी ७ लाख ९४ हजार ५ सय ४६ आवेदनबाट २ लाख ७० हजारलाई गोलाप्रथाबाट सेयर बाँडफाँड गरिएको हो ।

Share News