काठमाडौं । ट्याक्सी चालकको दबाबमा यातायात व्यवस्था विभागले पठाओ र टुटुल रोक्न निर्देशन दिएको छ । मंगलबार ट्याक्सी व्यवसायी तथा चालकले टुटल र पठाओलाई सरकारले कानुन विपरित सेवा प्रदान गर्न छुट दिएसँगै भन्दै विभाग घेराउ गरेका थिए ।
ट्याक्सी सञ्चालकहरुको दबाबपछि मंगलबार राती विभागले साे सूचना जारी गरेको हाे। विभिन्न प्रयोजन लागि दर्ता भएका सवारी साधनले आफूखुसी भाडा तोकी सार्वजनिक सवारीको रुपमा प्रयोग नगर्न सरकारले चेतावानी दिएको छ ।
यातायात व्यवस्था विभागले जारी गरेकाे सूचनामा कानुन उल्लंघन गरी अन्य प्रयोजनका लागि दर्ता भएका सवारीले भाडामा यात्रु बोकेमा २०४९ को दफा १२ को उपदफा १ मा अनुसार कारवाही हुने व्यवस्था रहेकाे छ ।
गत २०७५ माघमा विभागले यस्तै कारबाही थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले निजी सवारीलाई भाडामा यात्रु बोक्न दिन निर्देशन दिएका थिए ।
