
काठमाडौं । आइतबारको सेयर बजार सामान्य ५.९९ अंकले बढेर ११६१.४५ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.५२ प्रतिशत वृद्धि हो ।
सामान्य अंकले बढेको बजारमा आशा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् । संस्थाको सेयर मूल्य ९.८४ प्रतिशतले बढेर प्रतिकित्ता ४०२ रुपैयाँ रहेको छ । त्यस्तै, यूनाईटेड फाइनान्सको सेयर मूल्य ९.५५ प्रतिशतले बढेको छ ।
अघिल्लो कारोबारको तुलनामा आइतबारको कारोबार रकममा गिरावट देखिएको छ । बजारमा कुल १७२ कम्पनीको ३७ करोड १२ लाख कित्ता सेयर किनबेच भएको छ । जुन बिहीबारको तुलनामा करिब ११ करोड कम हो । गत बिहीबारको बजारमा कुल ४८ करोड ५८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
आइतबारको कुल कारोबारमध्ये सबैभन्दा बढी शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको प्रमोटर सेयर सबैभन्दा बढी कारोबार भएको छ । संस्थाको एकैदिन ४ करोड ४६ लाख रुपैयाँ बराबरको प्रमोटर सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकको २ करोड ९३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।