काठमाडौं । माउन्टेन हाईड्रो नेपाल लिमिटेडले फागुन २३ देखि २८ गतेसम्म निष्काशन गरेको साधारण सेयर (आईपीओ) चैत ३ गते बाँडफाँड भएको छ । सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार सबैले अर्थात ५० हजार ९३८ जनाले न्युनतम ३० कित्ता सेयर पाएका छन् ।
सो मध्ये २६ हजार ९७३ आवेदकले न्यनतम ३० कित्ता सेयर पाएका छन् भने बाँकी २३ हजार ९६५ आवेदकले गोलाप्रथाबाट कुल ४० कित्ता सेयर पाएका क्यापिटलले जनाएको छ । सबैलाई ३० कित्ता बाँडफाँड गरेपछि दुई लाख ३९ हजार ६५० कित्ता सेयर बाँकी रहेको थियो । जसमा गोलाप्रथाबाट २३ हजार ९६५ आवेदकले थप १० कित्ता अर्थात कुल ४० कित्ताका दरले सेयर पाएका हुन् ।
उक्त आईपीओमा कुल ५० हजार ९५४ जनाले ३३ लाख ९६ हजार ३५० कित्ता सेयरको लागि आवेदन दिएका थिए । जसमा १६ जना आवेदकको १५ सय ४० कित्ता सेयर रद्द भएको क्यापिटलले जनाएको छ ।
माउन्टेनले १०० रुपैयाँ दरका १८ करोड १६ लाख ११ हजार रुपैयाँ बराबरको १८ लाख १६ हजार ११० कित्ता आईपीओ बिक्री गरेको थियो । जसमा सामूहिक लगानी कोषलाई ४० हजार कित्ता, कर्मचारीहरुलाई ८ हजार ३२० कित्ता छुट्याई बाँकी रहेको १७ लाख ६७ हजार ७९० कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरेको थियो ।