बजाजले नयाँ वर्ष २०७६ को अवसरमा ल्यायो ‘बजाज उल्टो अफर’, एडभान्स मै १ लाखसम्म पाइने !

<p>काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले नयाँ वर्ष २०७६ को योजना अन्तर्गत ‘बजाज उल्टो अफर’ सार्वजनिक गरेको छ । कम्पनीले ‘किने पछि जित्ने, होइन जिते पछि किन्ने’ नारा सहित नयाँ वर्षको योजना शुरु गरेको हो । बजाजले ग्राहकहरुका लागि विभिन्न नयाँ अफर र योजनाहरु ल्याउने गरेको छ । यस [&hellip;]</p>


काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले नयाँ वर्ष २०७६ को योजना अन्तर्गत ‘बजाज उल्टो अफर’ सार्वजनिक गरेको छ । कम्पनीले ‘किने पछि जित्ने, होइन जिते पछि किन्ने’ नारा सहित नयाँ वर्षको योजना शुरु गरेको हो ।

बजाजले ग्राहकहरुका लागि विभिन्न नयाँ अफर र योजनाहरु ल्याउने गरेको छ । यस पटकबजाजले ग्राहकहरुका लागि नयाँ वर्षको अवसरमा परम्परागत खरिद गर्ने प्रवृति भन्दा केहि भिन्न प्रकारको अफर ल्याएको छ ।

पहिले, ग्राहकहरुले केहि सामान खरिद पश्चिात मात्र नगद वा छुट पाउने गरेका थिए । तर, यस योजना अन्तर्गत ग्राहकहरुलाई मोटरसाइकल किन्नु भन्दा अगाडि नै स्क्र्याच कार्ड प्रदान गरिनेछ, जसमार्फत उनीहरुले सियोर सट डिस्काउन्ट थाहा पाउन सक्नेछन् । साथै उनीहरुले बजाजको जुनसुकै मोटरसाइकलको खरिद पश्चात फेरि छुट पाउने छन् ।

उल्टो अफर योजना अन्तर्गत ग्राहकहरुले मोटरसाइकल किन्नु अगाडि नै एडभान्समै १ लाखसम्मको नगद जित्न सक्छन्, साथै खरिद गरेपछि पनि १ लाखसम्म नगद जित्न सक्छन् । ग्राहकहरुले बजाजको कुनै पनि आधिकारिक डिलरबाट मोटरसाइकल खरिद गरी यो योजनाको लाभ लिन सक्नेछन् ।

योजनाको शुभराम्भ गर्दै हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.का प्रबन्ध निर्देशक शेखर गोल्छाले भने,‘बजाजले ग्राहकहरुका लागि विभिन्न अफर र योजना ल्याएर उत्साहित बनाउदै आएको छ । ग्राहकहरुलाई दोब्बर खुसी प्रदान गर्ने उद्देश्यले बजाजले यस नयाँ वर्ष २०७६ को अवसरमा बजाज उल्टो अफर ल्याएको हो ।’

Share News