काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले आगामी चैत ६ गते बुक क्लोज गर्ने भएको छ । इन्स्योरेन्सले ५० प्रतिशत हकप्रद जारी गर्ने प्रयोजनको लागि सो दिन बुक क्लोज गर्न लागेको हो ।
उक्त दुई बराबर एक अनुपात अर्थात ५० प्रतिशत हकप्रद सेयर इन्स्योरेन्सको गत असार १९ गते सम्पन्न आठौँ वार्षिक साधारणसभाले पारित गरेको थियो ।
चैत ५ गतेसम्म नेप्सेमा कम्पनीको सेयर कारोबार गरी बुक क्लाेज भएकाे ७ दिनसम्म सेयर नामसारी गरेका सेयरधनीहरुले उक्त हकप्रदकाे लागि दरखास्त दिन पाउने छन् ।