साढे १३ प्रतिशत बोनसपछि नेशनल लाइफ इन्स्यारेन्सको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?

<p>काठमाडौं । नेशनल लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडको १३.५० प्रतिशत बोनस सेयर पछि मूल्य समायोजन भएको छ । आइतबार नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले इन्स्योरेन्सको बोनस पछिको मूल्य समायोजन गरेको हो । मूल्य समायोजन पश्चात इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ५८९.४३ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ९९०.७१ रुपैयाँ तोकिएको छ । मूल्य समायोजन पछिको आइतबारको कारोबारमा [&hellip;]</p>

काठमाडौं । नेशनल लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडको १३.५० प्रतिशत बोनस सेयर पछि मूल्य समायोजन भएको छ । आइतबार नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले इन्स्योरेन्सको बोनस पछिको मूल्य समायोजन गरेको हो ।

मूल्य समायोजन पश्चात इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ५८९.४३ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ९९०.७१ रुपैयाँ तोकिएको छ ।

मूल्य समायोजन पछिको आइतबारको कारोबारमा इन्स्योरेन्सको सेयर मूल्य बढिरहेको छ । प्रतिकित्ता ५८९.४३ रुपैयाँबाट कारोबार भएको इन्स्योरेन्सको सेयर मूल्य बढेर प्रतिकित्ता ६११ रुपैयाँसम्म पुगेको छ ।

आइतबार करिब पौने एक बजेसम्म कम्पनीको पाँच हजार ८५४ कित्ता सेयर कुल १४ हजार ६८० रुपैयाँमा काराबार भएको छ ।

Share News