काठमाडौं । दोलखामा शुक्रबार बिहान बस दुर्घटना भएको छ । लामाबगरस्थित सिनो हाइड्रो कम्पनीको बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
बा ४ ख ४५७३ नम्बरको भाडाको बस पौने ८ बजे बिगु गाउँपालिका १ नयाँबाटोबाट करिब २५ मिटर तल खसेर दुर्घटना भएको हो ।
दोलखाका प्रहरी नायब उपरीक्षक यज्ञनन्द शाहका अनुसार मृत्यु हुनेमा सुर्खेत चौकुने गाउँपालिका ३ का दिनेश थापा र लमजुङ मर्स्याङ्दी गाउँपालिका ३ का हिराप्रसाद मिजार रहेका छन् । दुर्घटनामा २५ जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि सदरमुकाम चरिकोट ल्याइँदै छ– प्रहरी उपरीक्षक शाहले बताए ।