त्रिशुली जलविद्युत कम्पनीकाे ३७ करोडको आईपीओ स्वीकृत

<p>काठमाडौं । त्रिशुली जलविद्युत कम्पनी लिमिटेडले ३७ करोड ५ लाख रुपैयाँको साधारण सेयर (आईपीओ) स्वीकृत भएकाे छ । नेपाल धितोपत्र बोर्डले फागुन ३० गते कम्पनीलाई सो मात्राको आईपीओ जारी गर्न अनुमति  दिएकाे हाे । ‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गतकाे यस कम्पनीले अंकित मूल्य १०० रुपैयाँको दरले ३७ लाख ५ हजार कित्ता सेयर बिक्री गर्ने छ । [&hellip;]</p>

काठमाडौं । त्रिशुली जलविद्युत कम्पनी लिमिटेडले ३७ करोड ५ लाख रुपैयाँको साधारण सेयर (आईपीओ) स्वीकृत भएकाे छ । नेपाल धितोपत्र बोर्डले फागुन ३० गते कम्पनीलाई सो मात्राको आईपीओ जारी गर्न अनुमति  दिएकाे हाे ।

‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गतकाे यस कम्पनीले अंकित मूल्य १०० रुपैयाँको दरले ३७ लाख ५ हजार कित्ता सेयर बिक्री गर्ने छ । कम्पनीले बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलमार्फत सो मात्राको सेयर सर्वसाधारणलाई जारी गर्ने छ । साथै, यस कम्पनीले सेयर निष्काशन गर्दा क्रेडिट रेटिङ गर्न नपर्ने भएको छ ।

Share News