काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले ५० प्रतिशत अर्थात १ बराबर ०.५ को अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ । बुधबार मात्र नेपाल धितोपत्र बोर्डले संस्थालाई सो मात्राको हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको हो ।
बोर्डको अनुमति पाएसँगै लघुवित्तले ३२ करोड ७५ लाख रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने छ । संस्थाले अंकित मूल्य १०० रुपैयाँको दरले ३२ लाख ७५ हजार कित्ता हकप्रद सेयर बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल मार्फत बजारमा बिक्री गर्ने छ ।