काठमाडौं । अमेरिका र भारतका लागि नेपाली राजदुतले मन्त्रीको स्टाटस पाएका छन् । सरकारले अमेरिकाका लागि नेपाली राजदुत र भारतका लागि नेपाली राजदुतलाई मन्त्री सरहतको वरियाता दिने निर्णय गरेको हो ।
अब अमेरिकाका लागि नेपाली राजदुत अर्जुन कुमार कार्की र भारतका लागि नेपाली राजदुत निलाम्बर आचार्यले मन्त्रीको हौसित पाउनेछन् । ठूला देशसँग उपल्लोस्तरको कुटनीतिक सम्बन्ध कायम गराउने उदेश्यले राजदुतहरुलाई मन्त्री सरहको स्टाटस प्रदान गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।