
काठमाडौं । साझा यातायातमा प्रहरीले हतियारसहित सुरक्षा दिएको छ । विब्लव समूहको नेकपाले आह्वान गरेको बन्दका क्रममा सर्वसाधारण र बसको सुरक्षाका लागि सम्पूर्ण बसहरुमा हतियारसहितको प्रहरी परिचालन गरिएको नेपाल प्रहरीले जनाएको छ ।
हाल साझाका करिब ७५ ओटा बसहरु सञ्चालनमा छन् । ती बसहरुले उपत्यका भित्र र बाहिर समेत सेवा दिइरहेको छ । बन्दको आह्वानपछि अन्य कम्पनीहरुले सेवा बन्द गरे पनि साझाले भने नियमित रुपमा सञ्चालन गरिरहेको जनाएको छ ।