महासंघ र चेम्बरको सरकारलाई सुझाव, ‘लघु उद्यम र घरेलु उद्योगमा विदेशी लगानी खुला नगर’

<p>काठमाडौँ । निजी क्षेत्रका दुई ठूला संस्था नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्शले लघु उद्यम र घरेलु उद्योग, कृषिका प्राथमिक उत्पादनका क्षेत्रका साथै केही सेवा क्षेत्रमा विदेशी लगानी खुला नगर्न सरकारलाई सुझाव दिएका छन् । महासंघले बुधबार संसदको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रस्ताव श्रीवास्तवलाई भेटेर उक्त सुझाव [&hellip;]</p>

काठमाडौँ । निजी क्षेत्रका दुई ठूला संस्था नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्शले लघु उद्यम र घरेलु उद्योग, कृषिका प्राथमिक उत्पादनका क्षेत्रका साथै केही सेवा क्षेत्रमा विदेशी लगानी खुला नगर्न सरकारलाई सुझाव दिएका छन् । महासंघले बुधबार संसदको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रस्ताव श्रीवास्तवलाई भेटेर उक्त सुझाव दिएको हो भने चेम्बरले मंगलबार विज्ञप्ति प्रकाशित गरी यस्तो सुझाव दिएको छ ।

महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठको नेतृत्वमा गएको महासंघको प्रतिनिधि मण्डलले बुधबार संसदको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रस्ताव श्रीवास्तवलाई भेटेर उक्त सुझाव दिएको हो ।

महासंघले लघु उद्यम र घरेलु उद्योग, कृषिका प्राथमिक उत्पादनका क्षेत्र एवं पशुपालन, कुखुरा पालन, मत्स्य पालन, मौरी पालन, दुग्ध प्रशोधन उद्योग, पानी प्रशोधन तथा उत्पादन र सेवा सम्बन्धी जस्तो शैक्षिक परामर्श दिने व्यवसाय एवं सस्थाहरू, ई-कमर्श, कार्गो व्यवसायलाई विदेशी लगानीका लागि खुला नगरिएको क्षेत्रमा समावेश गर्नु पर्ने सुझाव दिएको छ ।

भेटवार्ताका क्रममा महासंघको प्रतिनिधिमण्डलले उल्लेखित क्षेत्रहरूमा अरबौंको स्वदेशी लगानी भएकाले विदेशी लगानी आवश्यकता नरहेको सभापति श्रीवास्तव समक्ष जानकारी गराएको थियो । स्वदेशी लगानीको संरक्षण गर्नु सरकारको दायित्य पनि हुने भएकाले र यी क्षेत्रमा नेपाली उद्यमी व्यवसायीहरू सक्षम र विशेष शीप पनि भएकाले महासंघले पेश गरेका सुझावलाई नया“ ऐनमा समावेश गर्न महासंघको प्रतिनिधि मण्डलले सो अवसरमा आग्रह ग¥यो ।

महासंघबाट गएको प्रतिनिधि मण्डलका सदस्यहरूमा महासंघको उद्योग समितिका सभापति अञ्जन श्रेष्ठ, महासंघको वस्तुगत परिषदका सह-सभापति सुमित केडिया, नेपाल वोटल वाटर एसोसिएसनका अध्यक्ष सुवाष भण्डारी र महासंघका निमित्त महानिर्देशक गोपालप्रसाद तिवारी थिए ।

यता, मंगलबार चेम्बरले निकालेको बिज्ञप्तिमा आन्तरिक पूँजीले सम्भव नहुने र उच्च प्रबिधियुक्त ठूला परियोजना र ‘मेगा–इन्डस्ट्री’ मात्रै विदेशी लगानी खुल्ला गर्नु पर्ने उल्लेख गरेको छ ।

राष्ट्रको समग्र बिकासको लागि बैदेशिक लगानी अपरिहार्य भएतापनि आन्तरिक पूँजी परिचालन गरी स्वदेशी सिपको जगेर्ना, प्रयोग र विकाससंग सम्बन्धित कतिपय क्षेत्रहरुमा नेपालीहरु नै सक्षम रहेकोले सबै क्षेत्रमा बैदेशिक लगानी खुल्ला गर्न आवश्यक देखिदैन–चेम्बरले निकालेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा अगाडि भनिएको छ-‘आन्तरिक पूँजीले सम्भव नहुने उच्च प्रबिधियुक्त ठूला परियोजना र ‘मेगा–इन्डस्ट्री’मा उपयुक्त हुन्छ ।’

स्वदेशी ज्ञान, सिप र प्रबिधिको परिचालन गर्न सकिने लघु उद्योग र घरेलु उद्योग अन्तर्गत कृषिका प्राथमिक उत्पादनका क्षेत्रहरु, पशु पालन, कुखुरा पालन, मत्स्य पालन, मौरी पालन, दुग्ध प्रशोधन, कार्गो सेवा एबम् शैक्षिक परामर्श जस्ता महत्वपूर्ण व्यवसायहरुमा बैदेशिक लगानी भित्र्याउन नहुने चेम्बरको धारणा रहेको निर्देशक हरिप्रकाश चन्दले बताए । साना साना उद्योग र व्यसायमा विदेशी लगानी भित्राउँदा त्यसबाट राष्ट्रलाई फाइदा भन्दा बेफाइदा नै हुन सक्छ-चेम्बरले भनेको छ ।

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७५ अहिले संसदमा विचाराधीन रहेको छ ।

२ लाखसम्मकाे विदेशी लगानीकाे बाटो खोल्दै सरकार; यसरी मासिँदैछ स्वदेशी उद्यमशीलता

Share News