सनराइज बैंक लिमिटेडको टाँडी शाखा कार्यालय स्थानान्तरण

<p>काठमाडौँ । सनराइज बैंक लिमिटेडले चितवन जिल्लाको रत्ननगर न.पा. वडा नं २ स्थित शाखा कार्यालयलाई साविकको स्थानबाट करिब ५० मि. को दुरीमा स्थान्तरण गरेको छ । बुधबार एक कार्यक्रमका बीच रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यद्वारा स्थानान्तरण गरिएको शाखाको संयुक्त रूपमा उद्घाटन गरियो । उक्त उद्घाटन समारोहमा [&hellip;]</p>


काठमाडौँ । सनराइज बैंक लिमिटेडले चितवन जिल्लाको रत्ननगर न.पा. वडा नं २ स्थित शाखा कार्यालयलाई साविकको स्थानबाट करिब ५० मि. को दुरीमा स्थान्तरण गरेको छ ।

बुधबार एक कार्यक्रमका बीच रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यद्वारा स्थानान्तरण गरिएको शाखाको संयुक्त रूपमा उद्घाटन गरियो ।

उक्त उद्घाटन समारोहमा बैंकका नायव महाप्रबन्धक अपछकुमार यादव लगायत स्थानीय खबासिहरुको उपस्थिती रहेको थियो ।

Share News