काठमाडौं । जेबिल्स फाइनान्स लिमिटेडको १९ लाख ७० हजार ६९४ कित्ता हकप्रद सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको छ । संस्थाको बुधबार मात्रै सो मात्राको सेयर नेप्सेमा थपिएको छ ।
काठमाडौंको न्युरोडमा केन्द्रिय कार्यालय रहेको यस संस्थाको हालसम्म ८० लाख ९० हजार ७७६ कित्ता सेयर सूचिकृत रहेको छ । हाल संस्थाको चुक्ता पुँजी ८० करोड ९० लाख रुपैयाँ रहेको छ ।