
काठमाडौं । खराब काम गर्ने मानिसलाई कुकुरसँग तुलना गर्ने गरिन्छ । तर, त्यही कुकुरको व्यापार गरेर आर्थिक अवस्था सुधार गर्ने र जीवन धान्नेको जमात नेपालमा ठूलो छ । नेपालमा सामान्यतया एउटा कुकुर ५ हजार रुपैयाँदेखी १० लाख रुपैयाँसम्ममा खरिद-बिक्री हुने गर्छ । तिहारमा भगवानको स्वरुप मानेर पूजा गरिने कुकुरलाई अन्य बेलामा घर भित्र छिर्न लाग्यो भनेर धपाउने समेत गरिन्छ । घरकोे सुरक्षा गर्न र अपराधिक गतिविधि पत्ता लगाउन कुकुर प्रयोगमा ल्याइन्छ । नेपालमा शोखले कुकुर पाल्ने जमातपति बढ्दो छ ।
कस्तो छ कुकुरको बिक्री ?
नेपालमा एउटा कुकुर सस्तोमा ५ हजार रुपैयाँदेखी महङ्गोमा १० लाख रुपैयाँसम्म पर्छ । मूल्य निर्धारणमा कुकुरको प्रजातिले फरक पार्छ । जोले प्रजातीको कुकुरको मूल्य ८ देखी १० लाख रुपैयाँसम्म पर्ने एक कुकुर व्यवसायीले जानकारी दिए । यस्तै, जापनिज किड्स नामक प्रजातिको कुकुर भने ५ हजार रुपैयाँको हाराहारीमा खरिद गर्न सकिन्छ ।
कुकुर पाल्न कुनैपनि लाईसेन्स चाहिदैन, इच्छा छ भने पाल्न सकिन्छ । विदेशबाट कुकुर भित्र्याउँदा भन्सार शुल्क भने तिर्नुपर्छ । यसरी भन्सार शुल्क तिरेर पोल्याण्ड, यूरोप लगायतका देशबाट पनि नेपालमा कुकुर भित्र्याइदै आएको छ । विदेशबाट नेपाल भित्रिएका कुकुर पुनः अर्को देशमा पनि बिक्री हुने गरेका छन् । नेपाली उत्पादनको रुपमा प्रचलित हप्की नामक छाउराको ६० हजार रुपैयाँ सम्म पर्ने गरेको पाईन्छ । यस्तै, भोटे कुकुरको छाउराको ३० हजार रुपैयाँसम्म पर्ने गर्छ ।
नेपालमा उपलब्ध हुने कुकुर मध्येमा जापनिज किड्स नामक कुकुर निकै छ । सो कुकुरको मूल्य जम्मा ५ हजार रुपैयाँ पर्ने गरेको छ । आर्थिक हैसियत कम भएका, तर राम्रो प्रजातीको कुकुर पाल्न चाहने ग्राहकले यस्ता कुकुर लाने गरेको पाइन्छ ।
राजधानीको माईतीघरमा रहेको रोयल केन्नेल क्लब प्राईभेट लिमिटेड मार्फत कुकुर व्यावसाय गर्दै आएका केशरसिंह केसी भन्छन्अ-हिले नेपालमा नै कुकुरको ब्रिडीङ गराउने क्रम बढ्न थालेकाले विदेशबाट आयात गरिने कुुकुरको संख्या घट्दै गएको छ । यसरी स्वदेशमा नै माग अनुसारको कुकुरको उत्पादन हुनु राम्रो कुरा हो । केसीले पैसाको मुख हेरेर भन्दापनि कुकुरको गुणस्तरमा ग्राहकले ध्यान दिन आवश्यक रहेने बताए ।
केसी २६ वर्षदेखि कुकुरको व्यवसाय आवद्ध रहेका छन् । काठमाडौँ उपत्यका भित्र ४० वटा डग हाउ सञ्चालन भईरहेको केसीले जानकरी दिए । काठमाडौँ उपत्यका बाहिरपनि पोखरा, बुटवल, नेपालगञ्ज, विराटनगर, धरान लगायतका स्थानहरुमा कुकुर व्यवसाय सञ्चालन हुँदै आएका छन् ।

नेपालमा विभिन्न ४० जातका कुकुरहरु उपलब्ध छन् । विशेष गरेर बुल डग नामको कुकुर अन्यको तुलनामा धेरै माग हुने गरेको व्यवसायीले जानकारी दिए । सो कुकुर ३ लाख रुपैयाँमा खरिद बिक्री हुने गरेको पाईन्छ । कुकुरको व्यवसाय अन्यभन्दा फरक किसिमको भएकाले ठयाक्कै कति लगानी गरेर व्यवसाय सुरु गर्ने भन्ने कुरा निर्धारण गर्न कठिन हुने व्यवसायीले बताउँछन् ।
कुकुरको खाना महङ्गो
कुकुरले खान्की महङ्गो छ । जुल्स नामक खानाको एक छाकको नै ३ सय ५० रुपैयाँ पर्ने पर्छ । डग नेपाल पेट सपका व्यवसायी अनुज डंगोलका अनुुसार पछिल्लो समय क्रस गरिएका कुकुर बिक्री गर्ने प्रवृत्ति बढी छ । ढेको डंगोलले भने–‘पैसा भन्दा भन्दा महङ्गो प्रजातीको कुकुरलाई बचाउनु ठूलो कुरा हो ।
कुकुरलाई कस्तो रोग लाग्न सक्छ ?
कुकुरलाई सामान्य रोग देखी निकै जटिल रोग समेत लाग्ने गरेको पाईन्छ । पाग्रो भाईरस कुकुरलाई लाग्ने मध्येको जटिल रोगमा पर्दछ । यो रोग लागेपछि नबाच्ने अवस्थामा पुग्ने गर्छ । यस्तै, डिस्टेम्पर रोग लाग्दा पनि कुकुरलाई बचाउन गाह्रो हुन्छ । यस्ता रोग लाग्दा बाहिरी रुपमा खासै चोटपटक देखिदैन । रोगले कुकुरलाई भित्रभित्रै गाह्रो पार्ने भएकाले कुकुरका लागि निकै खर्च गर्दापनि कुकुर बाच्ने सम्भावना निकै कम हुन्छ ।
लोप हुँदै नेपाली भोटे कुकुर
नेपालमै उत्पादन हुने भोटे कुकुरलाई ग्राहकले १० लाख रुपैयाँसम्ममा किन्ने गरेका छन् । भोटे कुकुर यूरोपबाट माग हुँदा करोडौँमा बिक्री हुने गरेको छ । तर, हाल सो कुकुरको उत्पादनमा भने नेपाल निकै पछाडि छ । भोटे कुकुर लोप हुनु नै भाऊ बढ्नुको एक प्रमुख कारण मानिन्छ । पछिल्लो समय तिब्बतमा नै भोटे कुकुरको उत्पादन हुन थालेपछि नेपाली कुकुरको बजार तिब्बतले लिएको व्यापारीहरुको मत रहेको छ ।
नेपालमा जापनिज किडस्, जर्मन सेफर, पग, ककर स्पाईनल, डबर म्यान लगायतका कुकुरका छाउरा उपलब्ध हुने गरेका छन् । विक्रम सम्वत २०६० साल पछाडी नेपालमा नै कुकुरको व्यवसायिक उत्पादन हुन थालेकाले बाहिरबाट कुकुर मगाउने कार्य केही कम हुन थालेको छ ।
महङ्गा कुकुर किन किनबेच हुन्छ ?
कुकुर किन्न कै लागि भनेर मानिसले निकै खर्चने गरेको पाईन्छ । यसरी खर्च गर्नुका पछाडि मानिसमा जाग्ने सौखले मुख्य भुमिका खेल्ने गर्छ । साथै, कुकुरमा पाईने विषेशताले समेत मूल्य निर्धारणमा फरक पार्ने गर्छ । कतिपय कुकुरमा दौडने क्षमता अत्याधिक हुन्छ भने कुनै शिकारका लागि योग्य मानिन्छन् । यसरी मनोरञ्जन, घरको सुरक्षा, सुँघेर पत्ता लगाउने लगायतका कार्यहरुका लागि कुकुर पाल्ने गरिन्छ ।
कुकुर व्यवसाय हजारलाई रोजगारी
प्रत्येक डग हाउसमा करिब १० जनाले रोजगारीको अवसर पाउने गर्छन् । काठमाडौ उपत्यकामा मात्रै त्यस्ता डग हाउस ४० को संख्यामा छन् । देशका विभिन्न ठाउँमा डग हाउस बढ्दो क्रममा रहेको छ भने हजारौँलाई कुकुरको माध्यमबाट रोजीरोटीको अवसर समेत प्राप्त भएको छ । पोथी कुकुर पालेर छाउरा बेच्नेहरुपनि निकै छन् ।