स्पर्श लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन

<p>काठमाडौं । स्पर्श लघुवित्त वित्तीय संस्थाले जारी गरेको साधारण सेयर(आईपीओ) भर्ने बुधबार अन्तिम दिन हो । सेयर निष्कासन भएको तेस्रो दिनसम्ममा नै निष्कासन गरिएको कुल सेयर संख्याभन्दा बढी सेयरका लागि सर्वसाधारणको आवेदन परेपछि चौथो दिनमा नै उक्त सेयर निष्कासन बन्द हुने भएको हो । सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार मंगलबारसम्म ५८ करोड [&hellip;]</p>

काठमाडौं । स्पर्श लघुवित्त वित्तीय संस्थाले जारी गरेको साधारण सेयर(आईपीओ) भर्ने बुधबार अन्तिम दिन हो । सेयर निष्कासन भएको तेस्रो दिनसम्ममा नै निष्कासन गरिएको कुल सेयर संख्याभन्दा बढी सेयरका लागि सर्वसाधारणको आवेदन परेपछि चौथो दिनमा नै उक्त सेयर निष्कासन बन्द हुने भएको हो ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार मंगलबारसम्म ५८ करोड रुपैयाँ बराबरको आवेदन भइसकेको छ । जुन मागभन्दा २३ गुणा बढी हो । संस्थाले कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्टाएर सर्वसाधारणबाट दुई लाख ५२ हजार कित्ता सेयरमा आवेदन माग गरेको थियो ।

इच्छुक लगानीकर्ताले बुधबार बैंकिङ कार्यालय समय भित्र आवेदन दिन सक्नेछन् । आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार ३४० कित्तासम्म सेयर भर्न पाइने छ ।

संस्थाले कूल २ लाख ६९ हजार ६३० कित्ता साधारण सेयर निष्काशन गरेको छ । जसमा लघुवित्तका कर्मचारीलाई ४ हजार १४८ कित्ता र सामूहिक लगानी कोषलाई १३ हजार ४८२ कित्ता छुट्टाइएको थियो ।

Share News