नागरिक लगानी कोषले २२ प्रतिशत बोनस दिने, चुक्ता पुँजी एक अर्ब नाघ्ने

<p>काठमाडौं । नागरिक लगानी कोषले सेयरधनीलाई २२ प्रतिशत अर्थात २४ करोड २५ लाख १७ हजार ४६४ रुपैयाँ बराबरको बोनस सेयर दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव हालै बसेको सञ्चालक समितिको बैठकले गरेको हो । साथै, समितिको बैठकले उक्त सेयरमा लाग्ने कर प्रयोजनको लागि १.१६ प्र्रतिशत अर्थात एक करोड २७ लाख ६४ हजार ०७७ रुपैयाँ [&hellip;]</p>

काठमाडौं । नागरिक लगानी कोषले सेयरधनीलाई २२ प्रतिशत अर्थात २४ करोड २५ लाख १७ हजार ४६४ रुपैयाँ बराबरको बोनस सेयर दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव हालै बसेको सञ्चालक समितिको बैठकले गरेको हो ।

साथै, समितिको बैठकले उक्त सेयरमा लाग्ने कर प्रयोजनको लागि १.१६ प्र्रतिशत अर्थात एक करोड २७ लाख ६४ हजार ०७७ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ ।

हाल कोषको चुक्ता पुँजी ९० करोड ३१ लाख रुपैयाँ रहेको छ । २२ प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब १० करोड रुपैयाँ नाघ्ने छ ।

Share News