काठमाडौँ । सप्तरीको महादेवा गाउँपालिका वडा नं ६ मा एनआईसी एशिया बैंक लि.को शाखा खुलेको छ । महादेवा शाखाको गाउँपालिकाका अध्यक्ष दीपककुमार यादवले एक समारोहबीच शाखा उद्घाटन गरे ।
उक्त शाखाको उद्घाटन समारोहमा गाउँपालिका अध्यक्ष यादवले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउँदै गएकोमा बैंकको प्रशंसा गरे ।
मुलुकभर २७७ शाखा कार्यालयहरु, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकले बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । करिब १४ लाख ५० ग्राहक रहेको बैंकले जनाएको छ ।