३ अर्ब निक्षेप राख्ने बैंकको खोजी सुरु, धेरै ब्याज दिने प्राथमिकतामा

<p>काठमाडौं । नेपाल दुर सञ्चार प्राधिकरणले ३ अर्ब रुपैंयाँ निक्षेप राख्ने बैैंक तथा वित्तिय संस्थाको खोजी सुरु गरेको छ । प्राधिकरणले रोयल्टी, नविकरण दस्तुर लगायतका श्रोतबाट प्राप्त भएको ३ अर्ब रुपैंयाँ एक बर्षका लागि मुद्दति निक्षेपमा राख्न लागेको हो । बाणिज्य बैंकहरुले आफुले लिन चाहेको रकम र प्रस्तावसहित चैत ५ गतेभित्र प्राधिकरणमा आवेदन दिनुपर्नेछ । [&hellip;]</p>

काठमाडौं । नेपाल दुर सञ्चार प्राधिकरणले ३ अर्ब रुपैंयाँ निक्षेप राख्ने बैैंक तथा वित्तिय संस्थाको खोजी सुरु गरेको छ । प्राधिकरणले रोयल्टी, नविकरण दस्तुर लगायतका श्रोतबाट प्राप्त भएको ३ अर्ब रुपैंयाँ एक बर्षका लागि मुद्दति निक्षेपमा राख्न लागेको हो ।

बाणिज्य बैंकहरुले आफुले लिन चाहेको रकम र प्रस्तावसहित चैत ५ गतेभित्र प्राधिकरणमा आवेदन दिनुपर्नेछ । ‘३ अर्ब रुपैंयाँ मुद्दति निक्षेपमा राख्न लागेका हौं, उपयुक्त बाणिज्य बैंकहरुले आवेदन दिन सक्छन’, प्राधिकरणका निमिक्त अध्यक्ष पुरुषोत्तम खनालले विकासन्युजसँग भने ।

बाणिज्य बैंकहरुले न्युनतम २० करोड रुपैंयाका लागि आवेदन दिन सक्नेछन् । अधिकतम ब्याजदर प्रस्ताव गर्ने बैंकलाई निक्षेप दिइनेछ । बैंकले पुस मसान्तको अपरिस्कृत वित्तिय विवरणमा समावेश भएका ६ वटा परिसूचक उल्लेख गरेर आवेदन दिनुपर्नेछ । जसमा क्यापिटल एडेक्वेसी रेसिया, खराब कर्जा अनुपात, सिसिडी रेसियो, एसएलआर, नेट लिक्वीडीटी रेसिया(एनएलआर) र प्रति सेयर नेटवर्थ उल्लेख गनुएपर्नेछ ।

बैंक तथा वित्तिय संस्थाहरुले लगानी योग्य पूँजीको अभाव व्यहोरीरहेको समयमा ३ अर्बका नयाँ निक्षेप तानातानमा पर्ने देखिन्छ । यद्यपी बाणिज्य बैंकहरुलाई संस्थागत निक्षेप ४५ प्रतिशत भन्दा बढी लिन नपाउने व्यवस्था पनि रहेको छ ।

Share News