काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले सेयरधनीलाई २.६३ प्रतिशत अर्थात २ करोड १९ लाख ५ हजार ६८६ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । संस्थाले गत आर्थिक वर्षको नाफाको २.५० प्रतिशत अर्थात २ करोड ८ लाख १० हजार ४०२ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
साथै, उक्त लाभांशमा लाग्ने कर प्रयोजनको लागि ०.१३ प्रतिशत अर्थात १० लाख ९५ हजार २८४ रुपैयाँ बराबरको सेयर नगद लाभांश प्रस्ताव गरेको छ । उक्त प्रस्ताव गत फागुन २६ गते बसेको संस्थाको २२२औँ सञ्चालक समितिको बैठकले गरेको हो ।
समितिको निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा संस्थाको आगामी साधारणसभाले पारित गनुपर्ने छ । संस्थाको सभाले अनुमोदन गरेपछि मात्रै सेयरधनीले सो मात्राको नगद लाभांश पाउने छन् ।