सहकारी संस्था स्वेच्छिक एकीकरणमा जान तयार, अध्यक्ष उप्रेती भन्छन्-‘तर दबाब मान्दैनौं’

<p>काठमाडौं । राष्ट्रिय सहकारी विकास बैंकका अध्यक्ष केबि उप्रेतीले नेपाल भरि रहेका सहकारी संस्था स्वेच्छिक एकीकरणमा जान तयार रहेको बताएका छन् । तर उनले कसैको दबाब भने नमान्ने बताए । राजधानीमा मंगलबार आयोजित सहकारी एकीकरण सम्बन्धी गोष्ठीमा उनले यस्तो कुरा बताएका हुन् । कार्यक्रममा सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोपिनाथ मैनाली महिला सहकारीहरुले एकिकरणमा [&hellip;]</p>


काठमाडौं । राष्ट्रिय सहकारी विकास बैंकका अध्यक्ष केबि उप्रेतीले नेपाल भरि रहेका सहकारी संस्था स्वेच्छिक एकीकरणमा जान तयार रहेको बताएका छन् । तर उनले कसैको दबाब भने नमान्ने बताए । राजधानीमा मंगलबार आयोजित सहकारी एकीकरण सम्बन्धी गोष्ठीमा उनले यस्तो कुरा बताएका हुन् ।

कार्यक्रममा सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोपिनाथ मैनाली महिला सहकारीहरुले एकिकरणमा जोड दिनु पर्ने बताए । त्यसैगरी राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष मिनराज कँडेलले सदस्यको मात्राले नभएर एउटै सहकारीले सबै खालका अवश्यकता पूरा गर्ने बताए । सहकारी महासंघका प्रमुख कार्यकारी निर्देशक बद्रीकुमार गुरागाईले सो कार्यक्रममा सहकारीसम्बन्धी कार्ययोजना प्रस्तुत गरेका थिए । उनले भने–‘सहकारीहरुको मर्जरले नेपालमा भएका सहकारी संस्थालाई बलियो बनाउँछ ।’

उक्त कार्यक्रममा राष्ट्रिय सहकारी विभाग, राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय योजना आयोग, जिल्ला सहकारी संघ काठमाडौं महानगरपालिका सहकारी विभाग, लगायत अन्य सहकारी संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । गोष्ठीले सहकारी मर्चरलाई गम्भीर रुपमा लिंदै कार्यविधिमा राख्ने निश्कर्ष निकालेको छ ।

Share News