‘मेगा-इन्डस्ट्री’मा मात्रै विदेशी लगानी भित्र्याऊ, लघु र घरेलु उद्योगमा आवश्यक छैनः चेम्बर

<p>काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शले आन्तरिक पूँजीले सम्भव नहुने र उच्च प्रबिधियुक्त ठूला परियोजना र ‘मेगा–इन्डस्ट्री’ मात्रै विदेशी लगानी खुल्ला गर्नु पर्ने प्रतिक्रिया जनाइएको छ । संसदमा पेश गरिएको र विचाराधीन रहेको बिदेशी लगानी तथा प्रबिधि हस्तान्तरण सम्बन्धि कानूनलाई संसोधन र एकीकरण गर्न बनेको बिधेयक २०७५ मा व्यवस्था गरिएको प्राबधानहरुबारे चेम्बरले यस्तो प्रतिक्रिया जनाएको [&hellip;]</p>


काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शले आन्तरिक पूँजीले सम्भव नहुने र उच्च प्रबिधियुक्त ठूला परियोजना र ‘मेगा–इन्डस्ट्री’ मात्रै विदेशी लगानी खुल्ला गर्नु पर्ने प्रतिक्रिया जनाइएको छ । संसदमा पेश गरिएको र विचाराधीन रहेको बिदेशी लगानी तथा प्रबिधि हस्तान्तरण सम्बन्धि कानूनलाई संसोधन र एकीकरण गर्न बनेको बिधेयक २०७५ मा व्यवस्था गरिएको प्राबधानहरुबारे चेम्बरले यस्तो प्रतिक्रिया जनाएको हो ।

चेम्बरले मंगलबार बिज्ञप्ति प्रकाशित गर्दै सो ऐनप्रति ध्यानाकर्षण भएको जनाएको छ । राष्ट्रको समग्र बिकासको लागि बैदेशिक लगानी अपरिहार्य भएतापनि आन्तरिक पूँजी परिचालन गरी स्वदेशी सिपको जगेर्ना, प्रयोग र विकाससंग सम्बन्धित कतिपय क्षेत्रहरुमा नेपालीहरु नै सक्षम रहेकोले सबै क्षेत्रमा बैदेशिक लगानी खुल्ला गर्न आवश्यक देखिदैन–चेम्बरले निकालेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा अगाडि भनिएको छ-‘आन्तरिक पूँजीले सम्भव नहुने उच्च प्रबिधियुक्त ठूला परियोजना र ‘मेगा–इन्डस्ट्री’मा उपयुक्त हुन्छ।’

राष्ट्रको समग्र बिकासको लागि बैदेशिक लगानी अपरिहार्य भएतापनि आन्तरिक पूँजी परिचालन गरी स्वदेशी सिपको जगेर्ना, प्रयोग र विकाससंग सम्बन्धित कतिपय क्षेत्रहरुमा नेपालीहरु नै सक्षम रहेकोले सबै क्षेत्रमा बैदेशिक लगानी खुल्ला गर्न आवश्यक देखिदैन ।

स्वदेशी ज्ञान, सिप र प्रबिधिको परिचालन गर्न सकिने लघु उद्योग र घरेलु उद्योग अन्तर्गत कृषिका प्राथमिक उत्पादनका क्षेत्रहरु, पशु पालन, कुखुरा पालन, मत्स्य पालन, मौरी पालन, दुग्ध प्रशोधन, कार्गो सेवा एबम् शैक्षिक परामर्श जस्ता महत्वपूर्ण व्यवसायहरुमा बैदेशिक लगानी भित्र्याउन नहुने चेम्बरको धारणा रहेको निर्देशक हरिप्रकाश चन्दले बताए । साना साना उद्योग र व्यसायमा विदेशी लगानी भित्र्याउँदा त्यसबाट राष्ट्रलाई फाइदा भन्दा बेफाइदा नै हुन सक्छ-चेम्बरले भनेको छ ।

लघु उद्योग र घरेलु उद्योगमा विदेशी लगानी भित्र्याउँदा यो क्षेत्रमा क्रियाशील स्वदेशी जनशक्तिमा निराशा पैदा भई पूँजी निस्क्रिय हुने सम्भावना हुन्छ, जसले गर्दा जनशक्ति विस्थापन र पलायन हुनुका साथै स्वदेशी उद्यमशिलतामा ह्रास आउँछ-चेम्बरको विज्ञप्तिमा उल्लेख छ । स्वदेशी सिप, प्रबिधि, जनशक्ति र पूँजी परिचालन गर्न सकिने क्षेत्रहरुमा बैदेशिक लगानीलाई प्रबद्र्धन नगर्न चेम्बरले विज्ञप्ति मार्फत सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराएको छ ।

Share News