नेप्से २० अंकले बढेर उच्चतम बिन्दुमा, एकदिनमै कारोबार रकममा १० करोडको वृद्धि

<p>काठमाडौं । मंगलबारको नेप्से परिसूचक २०.३३ अंकले बढेर ११६३.२६ अंकमा पुगेको छ । जुन एकमहिना यताको उच्चतम बिन्दु हो । गत फागुन १ गते ११२१ अंकमा रहेको नेप्से फागुन ७ गते बढेर ११२४ अंकमा पुगेको थियो । त्यसपछि निरन्तर ओरालो लागेको नेप्से केहि दिनयतादेखि बढ्ने क्रममा रहेको नेप्से मंगलबार ११६३.२६ अंकमा पुगेको छ । बजारमा [&hellip;]</p>

पछिल्लाे एक महिनायताकाे नेप्से सुचाङ्क

काठमाडौं । मंगलबारको नेप्से परिसूचक २०.३३ अंकले बढेर ११६३.२६ अंकमा पुगेको छ । जुन एकमहिना यताको उच्चतम बिन्दु हो ।

गत फागुन १ गते ११२१ अंकमा रहेको नेप्से फागुन ७ गते बढेर ११२४ अंकमा पुगेको थियो । त्यसपछि निरन्तर ओरालो लागेको नेप्से केहि दिनयतादेखि बढ्ने क्रममा रहेको नेप्से मंगलबार ११६३.२६ अंकमा पुगेको छ ।

बजारमा नेप्से परिसूचक सहित कारोबार रकमपनि वृद्धि हुने क्रममा रहेको छ । सो दिन कुल १७६ कम्पनीका ५० करोड १२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा १० लाख रुपैयाँ बढी हो । सोमबारको बजारमा कुल ४० करोड २८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।

जसमध्ये सबैभन्दा बढी एनसीसी बैंकको ३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, माछापुच्छ्रे बैंक, प्रभु बैंक, अपर तामाकोशी हाइड्रोपावरको २ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।

सो दिन कारोबारमा आएका सबैसमूहमा हरियाली छाएको छ । सबैभन्दा बढी जीवन बीमा समूह ७७ अंकले बढेको छ । सिनर्जी पावर डेभलपमेन्टका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था र हिमालयन पावर पार्टनरको सेयर मूल्य क्रमशः ९.८७ र ९.५५ प्रतिशतले बढेको छ ।

पुँजी बजारको समस्या सम्बन्धि सकारात्मक सुधारका कार्यक्रमहरु भइरहेकाले केहि दिनदेखि सेयर बजारले गति लिन थालेको इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले बताएका छन् ।

Share News