
काठमाडौं । लेखा समितिले नेपाल वायुसेवा निगमले ए३३० विमान मर्मतका लागि छनोट गरेको जर्मन कम्पनी लुफ्तान्जालाई छनोट गरेको प्रक्रिया नियमसंगत रहेको जनाएको छ ।
लेखा समितिको सोमबार बसको बैठकले उक्त विमानको पिबिएच कम्पोनेन्ट सप्लाईका लागि गरेको आह्वान गरेको टेन्डरमा उक्त कम्पनीको प्रस्ताव प्रभावग्राही हुनुका साथै निगमले पत्राचार मार्फत प्रतिक्रिया मागेकोमा प्राप्त थप प्रस्ताव मितव्ययी समेत रहेको भन्दै सो कम्पनिको प्रस्ताव समावेश गर्दा सार्वजनिक खरिद ऐन २०६३, नियमावली २०६४ र निगमको आर्थिक विनियमावली अनुरुप नै रहेको देखिएकोले सो प्रस्ताव समेत मूल्यांकनमा समावेश गरी टेन्डर प्रक्रियालाई निरन्तरता दिन निगमलाई निर्देशन दिएको हो ।
त्यस्तै उल्लिखित टेन्डरका सम्बन्धमा भविष्यमा यस्ता समस्याहरु पुनरावृत्ति हुन नदिन थप आवश्यक कारबाहीका लागि लेखा समितिले सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएको छ ।