काठमाडौं । नेपाल बैङ्क लिमिटेडले प्रदेश नम्बर ३ धादिङ्ग जिल्लाको धादिङ्गबेसीमा नयाँ शाखा स्थापना गरेको छ । बैंकले बजार विस्तारको क्रमलाई निरन्तरता दिँदै उक्त स्थानमा नयाँ शाखा खोलेको हो ।
हाल बैंकले ६१ जिल्लामा १५९ शाखा १२ वटा एक्सटेन्सन काउन्टर ७९ वटा एटिएम आउटेलेट् मार्फत १५ लाख बढी ग्राहकलाई प्रत्यक्ष बैङ्किङ्ग सेवा दिईरहेको छ ।