मिथिला लघुवित्तको साधारणसभा चैत २३ गते, के के छन् विशेष एजेण्डा ?

<p>काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था आगामी चैत २३ गते १०औं वार्षिक साधारणसभामा जाँदै छ । सो प्रयोजनको लागि संस्थाले आगामी चैत ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । उक्त सभाले सेयरधनीलाई गत असार मसान्तसम्म कायम रहेको चुक्ता पुँजीको १०.४५ प्रतिशत बोनस सेयर स्वीकृत गर्दै छ । सो अवधिमा संस्थाको चुक्ता पुँजी ६ [&hellip;]</p>

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था आगामी चैत २३ गते १०औं वार्षिक साधारणसभामा जाँदै छ । सो प्रयोजनको लागि संस्थाले आगामी चैत ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

उक्त सभाले सेयरधनीलाई गत असार मसान्तसम्म कायम रहेको चुक्ता पुँजीको १०.४५ प्रतिशत बोनस सेयर स्वीकृत गर्दै छ । सो अवधिमा संस्थाको चुक्ता पुँजी ६ करोड ५९ लाख ७७ हजार रुपैयाँ रहेको थियो ।

साथै, संस्थाले गत नवौं वार्षिक साधारणसभाबाट पारित ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने छ । उक्त हकप्रद पश्चात संस्थाको चुक्ता पुँजीको ९ करोड ८९ लाख रुपैयाँ हुने छ । त्यस्तै, प्रस्तावित बोनस सेयरपछि संस्थाको कूल जारी पुँजी र चुक्ता पुँजी १० करोड ५८ लाख रुपैयाँ पुग्ने संस्थाले जनाएको छ ।

साथै, सभाले बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि संस्थाले ०.५४९ अर्थात ३ लाख ६२ हजार ८७८ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्तावलाई सभाले पारित गदैं छ ।

त्यस्तै, संस्थाको हाल कायम रहेको अधिकृत पुँजी १० करोडमा १० करोड थपेर जम्मा २० करोड रुपैयाँ पुर्याउने विशेष प्रस्ताव रहेको छ । संचालक समितिको उक्त प्रस्तावलाई साभाले पारित गर्ने भएको छ ।

Share News