इन्भेष्टमेन्ट बैंकले जेबिल्स फाइनान्सलाई एक्वायर गर्ने, सेयर कारोबार रोक्का

<p>काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले जेबिल्स फाइनान्सलाई प्राप्ति (एक्वायर) गर्ने भएको छ । उक्त एक्वायर गर्ने सम्झौता सम्बन्धी दुई संस्थाबीच आइतबार मात्रै प्रारम्भिक सम्झौता भएको हो । उक्त सम्झौतासँगै नेप्सेमा जेबिल्स फाइनान्सको सेयर कारोबार रोक्का भएको छ । राष्ट्रियस्तरको जेबिल्स फाइनान्सको हाल चुक्ता पुँजी ८० करोड ९० लाख रुपैयाँ रहेको छ । त्यस्तै, इन्भेष्टमेन्ट बैंकको [&hellip;]</p>

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले जेबिल्स फाइनान्सलाई प्राप्ति (एक्वायर) गर्ने भएको छ । उक्त एक्वायर गर्ने सम्झौता सम्बन्धी दुई संस्थाबीच आइतबार मात्रै प्रारम्भिक सम्झौता भएको हो ।

उक्त सम्झौतासँगै नेप्सेमा जेबिल्स फाइनान्सको सेयर कारोबार रोक्का भएको छ ।

राष्ट्रियस्तरको जेबिल्स फाइनान्सको हाल चुक्ता पुँजी ८० करोड ९० लाख रुपैयाँ रहेको छ । त्यस्तै, इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १२ अर्ब ५८ करोड रुपैयाँ रहेको छ । जेबिल्स फाइनान्सलाई प्राप्ति गरेसँगै इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १३ करोड रुपैयाँ नाघ्ने छ ।

Share News