एनसीसी बैंक र शिखर इन्स्योरेन्सबीच बीमा सेवा सम्झौता

<p>काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक र शिखर इन्स्योरेन्स कम्पनीबीच बीमा सेवा प्रदान गर्ने सम्बन्धी सहकार्यात्मक सम्झौता भएको छ । सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट बैंकका ग्राहकहरmले शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रदान गर्ने निर्जीवन बीमा सम्बन्धी सेवा सुविधाहरm प्राप्त गर्न सक्नेछन् । सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट [&hellip;]</p>

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक र शिखर इन्स्योरेन्स कम्पनीबीच बीमा सेवा प्रदान गर्ने सम्बन्धी सहकार्यात्मक सम्झौता भएको छ ।

सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट बैंकका ग्राहकहरmले शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रदान गर्ने निर्जीवन बीमा सम्बन्धी सेवा सुविधाहरm प्राप्त गर्न सक्नेछन् ।

सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेले संयुक्त रुपमा हस्ताक्षर गरे ।

Share News