खेतानको बार्गेनिङले एभरेष्ट बैंकलाई लक्ष्मीसँग मर्ज गर्न सकिएन : बिके श्रेष्ठ

<p>काठमाडाै‌ं । पूर्व सहमति गरेअनुसार कन्सल्टेन्टले दिएको सुझावमा लक्ष्मी बैंकका अध्यक्ष राजेन्द्र खेतानले वार्गेनिङ गरेपछि लक्ष्मी बैंकसँगको मर्जर प्रक्रिया रोकिएको एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठले आरोप लगाएका छन् । शुक्रबार एभरेष्ट बैंकद्वारा आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठले एभरेष्ट बैंकसँग लक्ष्मी बैंक मर्ज गराउन सुरुको तदारुकता राजेन्द्र खेतानले देखाएको भन्दै सुरुमा भएको सहमतिबाट खेतान पछि हटेपछि आफूहरु पनि [&hellip;]</p>

काठमाडाै‌ं । पूर्व सहमति गरेअनुसार कन्सल्टेन्टले दिएको सुझावमा लक्ष्मी बैंकका अध्यक्ष राजेन्द्र खेतानले वार्गेनिङ गरेपछि लक्ष्मी बैंकसँगको मर्जर प्रक्रिया रोकिएको एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठले आरोप लगाएका छन् । शुक्रबार एभरेष्ट बैंकद्वारा आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठले एभरेष्ट बैंकसँग लक्ष्मी बैंक मर्ज गराउन सुरुको तदारुकता राजेन्द्र खेतानले देखाएको भन्दै सुरुमा भएको सहमतिबाट खेतान पछि हटेपछि आफूहरु पनि पछि हट्न बाध्य भएको बताए ।

पञ्जाब नेशनल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल मेहेताको स्वागत गर्न आयोजित पत्रकार सम्मेलनमा राजेन्द्र खेतानले स्वाप रेसियोमा मोलमोलाई गरेपछि लक्ष्मी बैंकसँगको मर्जर प्रक्रिया रोकिएको दाबी गरेका छन् । ‘म राजेन्द्र खेतानकोमा गएको होइन, उ नै मकहाँ आएको हो । एक चरणको कुरा भएपछि स्वाप रेसियोबारे छलफल भयो । मैले हचुवाको भरमा हुँदैन, कुनै कन्सल्टेन्टलाई स्वाप रेसियो तोक्ने जिम्मा दिऔं, भारतमा ४/५ ओटा कम्पनी छन्, तीमध्ये तपाईँले भन्नुभएकै कम्पनीलाई जिम्मा दिऔं भन्दा हुन्छ भनेर एउटा कम्पनीलाई जिम्मा दिइयो, त्यो कम्पनीले एभरेष्टको १ शेयर बराबर लक्ष्मीको २.७५ कित्ता शेयर उपयुक्त हुने सुझाव दिएपछि खेतान १ः२ गरौं भन्दै आएपछि म झस्किएँ । त्यसैले मर्जर भएन ।’– अध्यक्ष श्रेष्ठले भने ।

उनले एभरेष्ट बैंक मर्जर वा एक्विजिसनका लागि कहिल्यै पनि खुल्ला रहेको भन्दै तर त्यसका लागि वस्तुगत आधारमा सहमति हुनुपर्ने बताए । ‘अन्तराष्ट्रिय भेन्चरले बार्गेनिङ मान्दैन, स्टडी मात्रै मान्छ, हामीले लक्ष्मीसँग बार्गेनिङ गरेर पञ्जाब बैंकलाई कसरी मनाउने ?’ उनले भने । इन्भेष्टमेन्ट बैंकसँगकाे मर्जर पनि त्यही कारणले राेकिएकाे उनकाे दाबी थियाे ।

विदेशी लगानी भित्र्याउनेबारे सञ्चारकर्मीको जिज्ञासामा अध्यक्ष श्रेष्ठले भने – ‘हेजिङका कारण डलरमा ऋण ल्याउन नसकिने भइयो, भारतीय ऋणका लागि हामी सल्लाह गर्दैछौं ।’

Share News