महिला मुक्तिका लागि श्रोत साधन र उत्पादनमा समान हिस्सेदारी अनिवार्य छः उपाध्याय

<p>काठमाडौं । ‘महिला आफुमा नै एक नागरिक हो, चुलोचौकोमा मात्र काम गर्नु पर्छ भन्ने पुरुषवादी सोचलाई विस्थापित गर्न हरेक क्षेत्रमा प्रतिष्पर्धात्मक अवस्था निर्माण गर्नुपर्छ, आत्मनिर्भरताको बाटो तिर लाग्न उत्प्रेरित गर्नुपर्छ, त्यसले मात्रै देशको समुचित विकास र स्थायीत्व प्राप्त गर्न सक्छ’ यो भनाई हो शिवा उपाध्याय‘अन्जु’को । उनी हाल नेपाल घरेलु तथा साना उद्योग महासंघको महिला [&hellip;]</p>

काठमाडौं । ‘महिला आफुमा नै एक नागरिक हो, चुलोचौकोमा मात्र काम गर्नु पर्छ भन्ने पुरुषवादी सोचलाई विस्थापित गर्न हरेक क्षेत्रमा प्रतिष्पर्धात्मक अवस्था निर्माण गर्नुपर्छ, आत्मनिर्भरताको बाटो तिर लाग्न उत्प्रेरित गर्नुपर्छ, त्यसले मात्रै देशको समुचित विकास र स्थायीत्व प्राप्त गर्न सक्छ’ यो भनाई हो शिवा उपाध्याय‘अन्जु’को । उनी हाल नेपाल घरेलु तथा साना उद्योग महासंघको महिला उद्यमी समितिको अध्यक्ष छिन् ।

मुक्तिको सिद्धान्त

उद्यम क्षेत्रमा विगत ३५ बर्षदेखि अनवरत संघर्ष गरिरहेकी उपाध्यायले यसबिचमा थुप्रै उकाली ओरालीको सामना गरेकी छिन् । हाल देशभर २२५ वटा महिला उद्यमीका संघ संस्था छन र तिनमा ४० हजार हाराहारीमा महिलाहरुले रोजगार पाएका छन् । उनी यी सबैको नेतृत्व गर्दै देशभर महिला अधिकारलाई अर्थोपार्जनसँग जोड्ने भगिरथ प्रयत्नमा तल्लिन छिन् ।

महिला र पुरुषबिचको विभेद अन्त्य गर्ने अन्तिम अस्त्र भनेकै उत्पादनका साधनहरुमा समान पहुँच, अधिकार र सहभागीता हो भन्ने उनको निष्कर्ष छ । ‘जबसम्म श्रोत साधनमा महिलाको अधिकार स्थापीत हुन्न तबसम्म समानता आउँदैन’, उपाध्यायले भनिन् । सबै खाले विभेदहरुको जड नै श्रोत माथीको असमान स्वामित्व भएकाले महिला विभेद अन्त्यका लागि पनि त्यस्तो असमान स्वामित्वको अन्त्य आवश्यक रहेको बताइन् ।

महिला उद्यमी समितिले देशका ७७ वटै जिल्लाका १४० नगरपालिका र ७ वटा प्रदेशमा नयाँ शाखा विस्तार गरेर महिलाहरुलाई विभिन्न सिप मूलक तालिम प्रदान गर्दै आएको छ । देशलाई आर्थिक समृद्धिमा लैजान विभिन्न कार्ययोजना पेसका भएका छन् । महिलाहरुको वित्तिय पहुँच अभिवृद्धि र शिप विकास मार्फत नै लैंगिक समानता स्थापति हुन सक्ने निष्कर्ष उनको छ ।

३५ बर्षे उद्यमीशिल यात्रा
वि.स २०१५ सालमा विराटनगरमा जन्मिएकी महिला उद्यमी समितिको अध्यक्ष उपाध्याय मध्यम परिवारकी माइली छारी हुन् । राधाकृष्ण स्कुलबाट एसएलसी उतिर्ण गरेकी थिइन । विराटनगरकै कन्या क्याम्पसमा शिक्षा संकायमा आईएड पास गरेकी उनको २०३७ सालमा विवाह भएको थियो ।

परिवारको साथ र आफ्नो शाहसका कारण उनी आज आम नेपाली महिलाहरुका लागि प्रेरणाको श्रोत बन्न सफल भएकी छिन् । देशका कुना काप्चामा पुगेर ‘महिला मुक्तिका लागि उद्यमशिलता अनिवार्य छ, आफैं कमाउन सक्ने बन्नुपर्छ’ भन्ने अभियानमा उनी निरन्तर खटिँदै आएकी छिन् ।

२०४० सालदेखि उद्यम सुरु गरेकी उपाध्यायले हाल ह्याण्डी क्र्याफ्ट, ढाका उद्योग, अचार उद्योग सञ्चालन गरिरहेकी छिन् । उनले आफ्ना उत्पादनहरुलाई सार्क राष्ट्र हुँदै अन्तराष्ट्रिय बजारमा समेत पुर्याईसकेकी छिन् । उनको विचारमा ग्रामिण क्षेत्रमा महिलाहरुका लागि उद्यमशिलताको शिप, वित्तिय उपलब्धता र उत्पादित वस्तुहरुको बजारीकरणमा बिशेष ध्यान दिन सकिए महिला हिंसा कम गर्न र लैंगिक समानता स्थापीत गर्न ठूलो उपलब्धि हुनेछ ।

नारी दिवसको अवसरमा सम्पूर्ण नेपाली महिला प्रतिको नकारात्मक धारणा हटाएर महिलाले पनि सामाजिक, सांस्कृतिक विकासका साथै आर्थिक क्षेत्रमा सहयोग गर्न सक्ने कुरालाई पुरुष प्रदान समाजले गम्भिर भएर हरेक योजनालाई सम्पन्न गर्न साथ सहयोग गर्नुपर्ने उनको संकल्प छ ।

Share News