हस्तकला महासंघका पदाधिकारीलाई चेम्बरको स्वागत

<p>काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सद्वारा नेपाल हस्तकला महासंघका नव–निर्वाचित कार्य समिति पदाधिकारी तथा सदस्यहरुलाई स्वागत कार्यक्रमको आयोजना गरिएको छ । आज चेम्बर भवन कान्तिपथमा सम्पन्न उक्त कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले संघका पदाधिकारीहरुलाई बधाई ज्ञापन गरे । उनले नेपाल चेम्बर अफ कमर्स अन्तर्गत निर्यातमा केन्द्रित हुने गरि नेपाल एक्सपोर्ट चेम्बर गठन [&hellip;]</p>


काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सद्वारा नेपाल हस्तकला महासंघका नव–निर्वाचित कार्य समिति पदाधिकारी तथा सदस्यहरुलाई स्वागत कार्यक्रमको आयोजना गरिएको छ ।

आज चेम्बर भवन कान्तिपथमा सम्पन्न उक्त कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले संघका पदाधिकारीहरुलाई बधाई ज्ञापन गरे । उनले नेपाल चेम्बर अफ कमर्स अन्तर्गत निर्यातमा केन्द्रित हुने गरि नेपाल एक्सपोर्ट चेम्बर गठन गर्ने योजना रहेको कुरा बताए ।

नेपाल हस्तकला महासंघका नव-निर्वाचित अध्यक्ष सुरेन्द्रभाइ शाक्यले हस्तकला क्षेत्रलाई नेपाल चेम्बर अफ कमर्सबाट बिगतमा पनि संरक्षकत्व प्राप्त भएको कुरा स्मरण गरे । उनले त्यस्तो खालको संरक्षकत्व र सहयोग आगामी दिनमा पनि जारी रहने बिश्वास व्यक्त गरे ।

Share News