बिहीबार चार कम्पनीका लगानीकर्ताले कमाए ८ प्रतिशत बढी, हेरौं कसले कति ?

<p>काठमाडौं । बिहीबार कारोबारमा आएका विभिन्न चार कम्पनीको सेयर मूल्य ८ प्रतिशत बढीले बढेको छ । सो दिन पूर्णिमा विकास बैंक, राधी विद्युत कम्पनी, माहुली सामूदायिक लघुवित्त वित्तीय संस्था र नेशनल हाइड्रो पावर कम्पनीका लगानीकर्ताले ८ देखि करिब १० प्रतिशतसम्म कमाएका छन् । सो मध्ये सबैभन्दा बढी पूर्णिमा विकास बैंकका लगानीकर्ताले ९.९४ प्रतिशत कमाएका छन् [&hellip;]</p>

काठमाडौं । बिहीबार कारोबारमा आएका विभिन्न चार कम्पनीको सेयर मूल्य ८ प्रतिशत बढीले बढेको छ । सो दिन पूर्णिमा विकास बैंक, राधी विद्युत कम्पनी, माहुली सामूदायिक लघुवित्त वित्तीय संस्था र नेशनल हाइड्रो पावर कम्पनीका लगानीकर्ताले ८ देखि करिब १० प्रतिशतसम्म कमाएका छन् ।

सो मध्ये सबैभन्दा बढी पूर्णिमा विकास बैंकका लगानीकर्ताले ९.९४ प्रतिशत कमाएका छन् । जुन अघिल्लो दिनको तुलनामा १७ रुपैयाँले बढेर प्रतिकित्ता १८८ रुपैयाँ पुगेको छ ।

त्यस्तै, राधी विद्युतको सेयर मूल्य ८.९२, माहुली सामुदायिकको ८.०९ र नेशनल हाइड्रो पावरको ८.०६ प्रतिशतले मूल्य वृद्धि भएको छ ।

दोहोरो अंकले बढेको बजारमा घलेम्दी हाइड्रोको सेयर मूल्य ४.६७ प्रतिशतले घटेको छ । त्यस्तै, सेन्ट्रल फाइनान्स र कञ्चन डेभलपमेन्ट बैंकको सेयर मूल्य क्रमशः ४.४६ र ३.८२ प्रतिशतले घटेको छ ।

Share News